चुरियामाईमा बस पल्टिदा २९ जना घाईते

रातोघर

 २५ श्रावण २०७६, शनिबार १६:४३  मा प्रकाशित

बाराको चुरियामाई नजिकै बस पल्टिदा २९ जना घाईते भएका छन् । हेटौडाबाट विरगञ्ज आउदै गरेको ना४ख ८२५८ नम्बरको बस अनियन्त्रित भई पल्टिदा २९ जना घाईते भएका हुन् ।ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीका अनुसार तिब्र गतिमा रहेको बस चुरियामाई नजिकै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । बिहान विरगञ्जबाट पोखराका लागी छुटेको बस यात्रु नपाएपछि हेटौडाबाटै फर्किएको थियो

हेटौडाबाटै फर्किएको बस चुरियामाई मन्दिर र ३ नम्बर पुलको बिचमा पल्टिएको बुझिएको छ । घाईते २९ जना मध्य १६ जनाको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिनुभयो ।

घाईतेहरुको हेटौडाको सरकारी अस्पताल र चुरियामाई अस्पतालमा उपचार भईरहेको छ ।

Write your Comment




saturday2