Advertisement
SKIP THIS

साढे तीन बर्षदेखि फरार कसुरदार पक्राउ

रातोघर

 १ भाद्र २०७६, आईतवार ११:४९  मा प्रकाशित

वीरगन्ज ।

पर्सा जिल्ला अदालतले कैद र जरिवाना तोकी कसुरदार ठहर गरेको व्यक्ति बल्ल पक्राउ परेको छ । तीन बर्ष पाँच महिना अगाडी नै दोषी ठहर भएको कसुरदार बल्ल पक्राउ परेको हो ।

कसुरदार ठहर गरेदेखि फरार रहेको पर्साकोे वीरगन्ज महानगरपालिका वडा नम्बर २९ बस्ने बर्ष ३३ को नन्द किशोर साह तुरहालाई बल्ल पर्सा प्रहरी मातहतको प्रहरीले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । आफ्नै गाउँ घरमा लुकिछिपी बस्दै आएको भन्ने सूचनाका आधारमा कसुरदार तुरहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।

पक्राउ परेका तुरहालाई लागुऔषध गाँजा र चरशे मुद्दामा पर्सा जिल्ला अदालतले २०७३ साल चैत १ गते नै दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको उनको भनाइ छ । कसुरदार तुराहालाई न्यायलयले १० महिना ५ दिन कैद र ५ हजार जरिवाना तोकेको छ उनले भने । पक्राउ पछि तुरहालाई पर्सा जिल्ला अदालतमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

rajdhanidaly.com

Write your Comment