Advertisement
SKIP THIS

निजगढका गुम्बा बिद्यार्थीलाई युवा नेता गुप्ताको सहयोग

प्रदेश नम्बर २ मै बिद्यार्थी अध्ययन गर्ने एकमात्र गुम्बा

रातोघर

 १४ भाद्र २०७६, शनिबार १६:२९  मा प्रकाशित

बारा ।

बाराको निजगढमा रहेको पाल युल सम्तेन लिङ्ग गुम्बामा अध्ययन गरिरहेका २४ बालबालीकालाई सिमराका काँग्रेस नेता श्यामबाबु गुप्ताले सहयोग गरेका छन् ।

प्रदेश नम्बर २ मै बिद्यार्थी अध्ययन गर्ने एकमात्र गुम्बालाई संवर्धनगरी पर्यटकिय सम्भावना खोज्नु आवश्यक रहेको भन्दै उनले २४ बिद्यार्थीलाई स्टेशनरीका सामान र खाद्य्य सामग्री सहित केही नगद रकम उपलब्ध गराएका छन् ।

निजगढ नगरपालीका १० स्थित लालमा रहेको यो गुम्बामा अहिले २४ जना बालबालीकाले बौद्ध शिक्षा लिइरहेका छन् । बारा, मकवानपुर, सर्लाही लगाएत भारतको सिक्किमसम्मका अनाथ बालबालीकाहरुले यहाँ अध्ययन गरिरहेका छन् । यो प्रदेश नम्बर २ कै नमुना शिक्षालय समेत हो ।

बौद्ध भिक्षु संगे छिरिङ्गले अघिल्लो बर्षबाट यहाँ निशुल्क शिक्षा दिइरहेका छन् । उनीपनी देश बिदेशका बिभिन्न गुम्बाहरुमा लामाका रुपमा काम गरेको अनुभव लिएर यहाँ आएका हुन् ।

यहाँ भर्ना भएका बिद्यार्थीहरु ५ बर्षदेखी १४ बर्षसम्मका छन् । कतिपयको बाबु आमा नै छैनन् भने कतिपयको बाबु वा आमा छैनन् । उनीहरुलाई यहाँ ल्याएर हुर्काउने , बढाउनेसंगै शिक्षा दिने काम गरिन्छ ।
युवा नेता गुप्ताले यहाँ अध्ययन गर्ने बिद्यार्थीहरुमा स्वास्थ्य समस्या रहेका भन्दै आफुँले स्वास्थ्य शिविरको समेत आयोजना गर्ने तयारी रहेको बताए ।

‘यहाँ पानीको समस्या रहेछ, त्यसै कारणपनी यहाँका कतिपय बिद्यार्थीहरुको कान पाक्ने, हातखुट्टामा खटिरा आउने लगाएतका समस्या भोगिरहेका छन् । ’, नेता गुप्ताले भने, ‘अब एउटा स्वास्थ्य शिविर आयोजना गर्न आवस्यक देखियो, र यहाँ पानीको ब्यवस्थापन गर्न निकै आवश्यक छ ।’

लाल गाउँको डाँडामा रहेको यो गुम्बा पुग्ने सडक निजगढ नगरपालीकाले निर्माण गरिदिएको छ । यहाँ निर्माण भएका भवनहरु भने यहाँकै स्थानियको सानो सानो आर्थिक सहयोगमा निर्माण भएको हो ।

Write your Comment