Advertisement
SKIP THIS

बाराको ने.रा.मा.बि. मनहर्वामा बाल उद्यान स्थापना

रातोघर

 १५ भाद्र २०७६, आईतवार २२:५१  मा प्रकाशित

पुष्पराज खतिवडा
बारा, १५ भाद्र ।

कलैया उपमहानगरपालिका–२४ मनहर्वामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिषरमा निर्मित बाल उद्यानको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । उद्यानको पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले उद्घाटन गरेकी हुन् ।

प्रमुख अतिथि समेत रहेकी साहले बालबालिका नै भोलिका कर्णधार भएको भन्दै उनीहरुका लागि विद्यालयमा शैक्षिक वातावरण निर्माणमा बाल उद्यानले पठनपाठनमा सकृयता बढाउने बताइन् ।

 

बालबालिकाका लागि उद्यान निर्माण गरिनु स्रहानिय काम भएको भन्दै साहले शैक्षिक ब्यवस्थापन प्रभावकारी बनाउन भौतिक संरचनाको उत्तीकै ठुलो भुमिका हुने बताइन् ।

कार्यक्रममा कलैया उपमहानगरपालिका–२४ का अध्यक्ष हरिलाल प्रसाद चौधरी, साविक मनहर्वा गाविसका भुतपूर्व अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम दयाल चौधरी, विद्यालयका प्रधानअध्यापक हरिकिशोर कुँवर, विद्यालय अविभावक संघका अध्यक्ष टंक प्रसाद लुँईटेल,मनहर्वा पूर्वाधार विकास कार्यालय पर्सा सम्पर्क ईकाई कार्यालय बाराका प्राविधिक राजेश प्रसाद चौधरी लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम दयाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Write your Comment