

बारा ।
बाराको निजगढमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको पुत्ला दहन गरिएको छ ।
बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका क्रममा रूखहरू काट्न नदिने भनेर अभिव्यक्ति दिएको विरोधमा निजगढको शहिदचोकमा पुत्ला दहन भएको हो ।
सामाजिक सञ्जालमार्फत आह्वान गरिएको विरोध कार्यक्रममा स्वतस्फुर्त रूपमा सहभागि भएका निजगढका युवाले पुत्ला दहन गरेका हुन्। इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी बेस क्याम्प निजगढको टोलीले हस्तक्षेप गरेर पुत्ला दहन नियन्त्रणमा लिएको थियो ।
विरोध कार्यक्रममा फास्ट ट्रयाक एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिका संयोजक रविराज दंगालले संघीय सरकारले शिलान्यास गर्ने तयारी गरेको बेलामा प्रदेश सरकारका मन्त्रीले दिएको अभिव्यक्ति खेदजनक भएको बताए ।
उनले विमानस्थल बनाउन जनस्तरबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। कायक्रममा विमानस्थल सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले विमानस्थल बनाउने तयारी हुन थालेपछि चलखेल हुने गरेको भन्दै त्यसको विरोध गरिएको बताए ।
सामाजिक सञ्जालमा विरोध
प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रायले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ ।
। प्रदेश २ सरकारले विमानस्थल अहिले प्रस्तावित क्षेत्रमा बनाउन रूखहरू काट्न नदिने र विमानस्थल बनाउन प्रदेशभित्रकै अरू खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने तयारी गरेको भन्दै समाचार प्रकाशित भएपछि समाजिक सञ्जालमा विरोध सुरु भएको हो ।
बाराको ३ स्थानिय तहले निकाल्यो बिज्ञप्ती
आईतबार बिज्ञप्ती जारी गर्दै जीतपुरसिमरा उपमहानगरपालीका सहित निजगढ र कोल्हबी नगरपालिकाले मन्त्री रायको अभिब्यक्ति प्रति दुःख ब्यक्त गर्दै स्थानिय जनतालाई बिकास बिरोधी जुनसुकै षडयन्त्रलाई नकार्न समेत अह्वान गरेको छ ।
जीतपुरसिमराका मेयर डा. कृष्ण पौडेलले पनी बिमानस्थल निर्माणका लागी धेरै हदैसम्म पुर्वतयारी भैसकेको र शिलन्यास हुने समयमा आयोजनालाई प्रतिकुल असर पर्नेगरी आएको मन्त्री रायको अभिब्यत्ति निराशाजनक रहेको बिज्ञप्तीमा जनाइएको छन् । उनले अब आयोजनाको कुनै बिकल्प नखोजी बिनाबिलम्ब अघि बढाउन सहयोगी भुमिका निर्वाह गर्न समेत प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
यसैबिच कोल्हबी नगरपालीकाका मेयर भरत भण्डारीले पनी अब दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको बिकल्प नभएको भन्दै मन्त्री रायको अभिब्यक्ति बिरुद्ध बिज्ञप्ती निकालेर बिरोध जनाएका छन् ।





Write your Comment