मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको ऐतिहाँसिक उद्घाटन

दुबै देशका प्रधानमन्त्रीले गरे हाईटेक प्रबिधिमार्फत उद्घाटन, अब पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झर्यो

रातोघर

 २४ भाद्र २०७६, मंगलवार २०:४६  मा प्रकाशित
३०४ पाठक संख्या



सिमरा, २४ भाद्र ।

बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन परियोजना आजबाट औपचारिक रुपमा सुरु भएको छ । नेपाल भारत दुबै देशको उच्च प्रथमिकतामा रहेको यो परियोजनाको आज दुबै देशका प्रधानमन्त्रीले हाईटेक प्रबिधिमार्फत उद्घाटन गरेका हुन् ।

भारतका प्रधानमन्त्रीले दिल्लीबाट र नेपालका प्रधामन्त्रीले सिंहदरबार काठमाण्डौबाट एकैसाथ स्विच थिचेर परियोजनाको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात पाईपलाईनमार्फत आएको डिजल भारतीय आयल कर्पोरेशन(आईओसी)का कार्यकारी निर्देशक जे.पी. सिन्हाले भाँडोमा थापेर नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई हस्तान्तरण गरे ।

पाईपलाईन उद्घाटन कार्यक्रमलाई सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो परियोजना नेपाल र भारतमात्र नभई दक्षिण एसियाकै पहिलो र नमुना भएको बताए । यो परियोजनाले समय बचत मात्र नभै पेट्रोलियम पदार्थ आपूर्तीमा लाग्ने ब्ययभार कम हुनका साथै ट्राफिक ब्यवस्थापन समेत सहज हुने बताए ।

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही बर्षयता नेपाल भारत राजनितिक सम्बन्धमा अभुतपूर्व निकटता आएको बताएका छन् । दुई दशेको संयुक्त प्रयासको उद्देश्य नै दुबै देशका नागरिकको हितका लागी हुने भन्दै उहाँले यो साझेदारीलाई अझै सकृय बनाउन नयाँ परियोजना अघी सारेको बताए ।

त्यस्तै उद्घाटन पश्चात अमलेखगञ्ज डिपोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय आयल कर्पोरेशन(आईओसी)का कार्यकारी निर्देशक जे.पी. सिन्हाले पाईपलाईन बिछ्याउनका लागी सबैभन्दा ठुलो चुनौतिका रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जंगल क्षेत्रका कारण सुरुमा परियोजना असम्भव जस्तो देखिएपनी नेपाल सरकारको सहजताका कारण समयअगाबै सम्पन्न गर्न आफुहरु सफल भएको बताए ।

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपलाईन आजदेखी पूर्ण रुपमा सञ्चालनमा आउने नेपाल आयल निगमले जनाएको छ । दैनिक २० घण्टा सञ्चालन क्षमताको यस पाईपलाईनबाट आवश्यक परेको खण्डमा दैनिक ३० हजार किलोलिटर तेल भित्र्याउन सकिने निगमको अमलेगञ्ज डिपोका प्रमुख प्रदिप यादवले जानकारी छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा हाल ढुवानीमा मात्रै खर्च भैरहेको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमको अनुमान रहेको उनले बताए ।
यसैबिच नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मुल्य समायोजन गरेको छ । उद्घाटन पश्चात आयोजित कार्यक्रममा बोल्दै निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको जानकारी दिए ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ ।

-avi acharya

Write your Comment