Advertisement
SKIP THIS

कागजमा बाराको १६ वटा स्थानीय तह खुल्ला दिशामुक्त क्षेत्र घोषणा

रातोघर

 २६ भाद्र २०७६, बिहीबार १६:५०  मा प्रकाशित

कलैया, २६ भदौ

बाराको १६ स्थानीय तहहरु औपचारिकताको लागि कागजमा धमाधम रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ । सडकको दुबै पेटीमा दिशा नै दिशा र फोहोर देखिने र जिल्लाका जनताहरुलाई ठागि गरी उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरु धमाधम रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएकोे नेपाल कम्युनिष्ट पाटी बाराका युवा नेता मुकेश साहले बताएका छन् ।

बाराको विश्रमपुर गाउँपालिकामा,निजगंढ नगरपालिका,प्रसौनी गाउपालिका,पचरौता नगरपालिका,आदर्श कोतवाल गाउँपालिका,सुवर्ण गाउँपालिका,देवताल गाउँपालिका,फेटा गाउँपालिका,करैयामाई गाउँपालिका,बारागढी गाउँपालिका,परवानीपुर गाउँपालिका,कोल्हभी नगरपालिका,सिमौनगढ नगरपालिका,महागढीमाई नगरपालिका लगायत १४ वटा स्थानिय तहहरुमा हचुवाको भरमा कागजमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेकोे युवा नेता मुकेश साहले अरोप लगाए ।

अन्तिम दुई स्थानिय तह कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिका बुधवार खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ । कलैयाको २७ वटा वडा मध्ये १३ वटा वडाहरुमा चर्पी निमार्ण बिना नै घोषणा गरेको युवा नेता साहले बताए । कलैया उपमहानगरपालिकामा ६० प्रतिशात पनि चर्पी निमार्ण नभएको नेता साहले अरोप लगाएका छन् । नेता साहले भन्ने बिना अनुगमन,बिना चर्पी बाराको स्थानिय तहहरुले हचुवाको भरमा कागजमा घोषणा गरी जिल्लाका जनताहरुलाई ठागिएको अरोप लगाए ।

२४ वटा वडा भएको जितपुर सिमरा उपमहानगरपालिका पनि त्यस्तै हालतमा घोषणा गरिएको छ । दुई उपमहानगरपालिकाले आफनो वडाहरुको खुल्ला दिशामुक्त क्षेत्र घोष्णा नै नगरी उपमहानगरपालिकालाई घोषणा गरेको हो । चर्पी बिना नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएपनि स्थानीय र उक्त बाटोभई हिंडडुल गर्ने बटुवाहरुलाई नाक छोप्नुपर्र्नेे प्रत्येक दिनको बाध्यता नै भएको छ । पहिला नै घोषणा भएको स्थानीय तहको गाउँमा चर्पी अहिलेसम्म निमार्णको त के कुरा कता हो कता अहिले कागजमा खुल्ला दिशामुक्त क्षेत्र घोष्णा भएको छ ।

जिल्ला स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समिति बाराले उर्दी नै जारी गरी बाराको सम्पुर्ण स्थानीय तहरुलाई खुल्ला दिशामुक्त क्षेत्र हचुवाको भरमा कागजमा घोषणा गरिएको छ । खुल्ला दिशामुक्त घोषणा भएको वडाको स्थानीय बासिन्दाहरुको चर्पी नभएपनि स्थानीय तहहरु भने घोषणा भएका छन । बाराको १६ वटै स्थानीय तहहरुले खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न लाखौ रुपैया खर्च गरेर मंचमा नाच गान गर्दै दिशा नै दिशा भएका स्थानीय तहहरुको खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला स्तरिय खानेपानी तथा स्वच्छता समन्वय समिति एवम जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंहले स्थानीय तहहरुमा ८० प्रतिशत चर्पी निमार्ण भईसकेको दाबी गर्दै वहांले कमी कमजोरी भएको बताए ।

-sajhedari news

Write your Comment