घण्टिमाई साकोसको बार्षिक साधारणसभा सम्पन्न, पत्रकार आचार्यलाई बर्ष पत्रकारिता पुरस्कार

रातोघर

 ४ आश्विन २०७६, शनिबार १७:०३  मा प्रकाशित

सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहास्थित घण्टिमाई बचत तथा ऋण सहकारी संस्थाको सातौँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

स्थापनको छोटो अवधीमै यस क्षेत्रमा पहिचान बनाउन सफल उक्त सहकारीको साधारणसभा औराहास्थित श्री नेरामाबीको प्राङ्गणमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष कोपिला सिंखडाले संस्थाको संस्थागत प्रतिबेदन र लेखा समिती संयोजक डम्बर खड्काले लेखा समिती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
संस्थागत प्रतिबेदन पेश गर्दै अध्यक्ष सिंखडाले चालु आर्थिक वर्षमा शेयर सदस्य बृद्ध्री गरि एक हजार पाँच सय पु¥याउने र एक करोड २० लाख चुक्ता पुँजी पु¥याउने लक्ष लिएकाने बताईन् ।

शेयर सदस्यहरुलाई बिभिन्न सेवा उपलब्ध गराउँदै बिकास निर्माण, शिक्षा, स्वास्थ्य,क कृषी, महिला तथा बालबालिका लक्षित सामाजिक कार्यक्रम गर्दै आईरहेको समेत उनले जानकारी गराईन् ।

यसैबिच साधारणसभाका अवसरमा सास्थालाई सञ्चार क्षेत्रबाट सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

साकोसकी अध्यक्ष सिंखडको अध्यक्षता एवं प्रदेश २ का भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा संस्थाका सल्लाहकारसमेत रहेका प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्मा, प्रदेशसभा सदस्य सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरका प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी, वडा अध्यक्ष भोजबहादुर खत्री लगायत बिभिन्न सहकारी संस्थाका प्रतिनिधि, शुरक्षा निकायका प्रतिनिधि, सामाजिक ब्यक्तित्व, सहकारीका सेयर सदस्यलगायतको. उपस्थिती रहेको थियो ।

यसैबिच संस्थाले यस बर्षको बर्ष पत्रकारिता पुरस्कारबाट नागरिक एफएम सिमराका समाचार प्रमुख अबिनास आचार्यलाई सम्मान गरेको छ । संस्थाको संचालक समितीको पुर्ण वैठकले यस क्षेत्रमा सकृय रुपमा पत्रकारिता गर्ने आचार्यलाई सम्मान गर्ने निर्णय गरेको हो ।

सहकारीले प्रत्येक बर्ष सहकारीका क्षेत्रमा कलम चलाउने श्रमजिवी संचारकर्मीलाई सम्मान गर्दै आइरहेको छ ।

Write your Comment