

सिमरा ।
नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो उपभोक्ता प्रवर्द्धन योजना टिभिएस दशैंको दौड कै एक हिस्सा स्वरुप आयोजना गरेको मनोरन्जक एवं छोटो दूरीको दौड “ टिभिएस स्वास्थ्यको लागि रमाइलो दौड ” असोज ११ गते शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ ।
दशैको दौड एक यस्तो उपभोक्ता योजना हो जहाँ ग्राहकहरुले बाइक किन्नु अघि र किनेपछि दुवै पटक उपहार जित्न सक्नेछन् ।
यसैबिच टिभिएसको आधिकारिक बिक्रेता सगरमाथा मोटर्स जीतपुर शाखाले पनी दौडको आयोजना गरेको छ ।
दौडलाई जीतपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले उद्घाटन गरेका हुन् । करिब ६५ जनाले सौ दौडमा उत्साहजनक सहभागीता जनाएका थिए । दौडमा राजेन्द्र चौधरी प्रथम, शुशिल चौधरी दोश्रो र नागेन्द्र धामी दृतिय भएका थिए ।
उनीहरुलाई कम्पनीको मोटरसाइकल खरिदमा बिशेष छुटको ब्यवस्था गरिएको सगरमाथा मोटर्स जीतपुरका प्रमुख दिनदयाल चौधरीले जानकारी दिए ।
जगदम्बा मोटर्स प्रा.लि. ले आयोजना गरेको टिभिएस दशैको दौड योजना लागू भैसकेको छ । यस सम्बन्धमा विस्तृत जानकारी ग्राहकहरुले https://tvsmotors=com=np/dashain मा गएर हेर्न सक्नेछन् ।





Write your Comment