बाराको कोल्हबी ८ मा दिपावली बिशेष साँस्कृतिक कार्यक्रम हुने

रातोघर

 ६ कार्तिक २०७६, बुधबार १५:४७  मा प्रकाशित
४४० पाठक संख्या



सिमरा ।
बाराको कोल्हबी नगरपालीका ८ मा यस बर्ष पनी शुभ दिपावलीको अवसर पारेर बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

कोल्हबी नगरपालीकाको आर्थिक सहयोगमा सन राइज युथ क्लव नयाँबस्तीले कार्यक्रमको आयोजना गरेको हो । ‘लागु औषधलाई होइन जिवनलाई रोजौँ, लागु औषध र मदिरा रहित समाजको निर्माण गरौँ ।’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागीएको हो ।

कार्यक्रममा राष्ट्रिय सहित स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने क्लवका अध्यक्ष लिला बहादुर बस्नेतले जानकारी दिए । यस्तै कोल्हबी ८ का वडा अध्यक्ष सार्थक पौडेलले वडामा सांस्कृतिक कार्यक्रमको आयोजनाले गाउँमा खुशीलाई मात्र नभई एकताको सन्देश दिने र लागु औषध तथा मदिरा प्रयोगमा नियन्त्रण हुने बिस्वास लिएको बताए ।

यही कार्तिक ९ गते कोल्हबी ८ को ने.रा.मा.बि. नयाँबस्तीको बिद्यालय परिसरमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय कलाकार अभिनास घिसिङ्ग, कमल के क्षेत्री, शोभा त्रिपाठी, जुन प्रसाई, भोजपुरी गायक प्रमोद जख्मी लगाएतको उपस्थिती रहने अयोजकले जनाएको छ ।

यसअघि अघिल्लो बर्षपनी कोल्हबी वडा नम्बर ८ कै पहलमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । अघिल्लो बर्ष शिव परियार, हाँस्य कलाकार दिनेश काफ्ले, प्रिया भण्डारी, सृजना खत्री हाउडे मायाँ लगाएतकाले कार्यक्रममा बिशेष प्रस्तुती दिएका थिए ।

Write your Comment