रौतहटमा गोली प्रहारबाट एक जना घाइते

रातोघर

 १४ कार्तिक २०७६, बिहीबार १०:००  मा प्रकाशित

रौतहट–

रौतहटको गौरमा गोली प्रहारबाट एक भारतीय नागरिक गम्भीर घाइेत भएका छन् ।

गोली लागेर भारतको सिहोर घर भइ गौर नगरपालिका–२ बस्ने विजय गुप्ता घाइते भएका हुन् । उनलाई भारतकै नरेश राम र रजनीश पासवानले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गुप्ताको पेटमा गोली लागेको छ । गोली लागेर घाइते भएका गुप्ताको जिल्ला अस्पताल गौरमा उपचारका भइरहेको छ ।

बुधबार साँझ गौर नगरपालिका–३ स्थित विद्युत प्राधिकरणको कार्यालयनजिकै गोली प्रहार भएको थियो ।  घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

-khabarhub

Write your Comment