बाराबाट ६० हजार घुससहित प्रहरीका सई पक्राउ

रातोघर

 २०७६ कार्तिक १४, बिहिबार  मा प्रकाशित
२७० पाठक संख्या


बारा।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरीका सईलाई ६० हजार घुस सहित पक्राउ गरेको छ ।

बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारलाई ६० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका सईमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban