२५ हजार धरौटी तिरेर घर फर्के पत्रकार देउजा, सिमरामा गरियो स्वागत

रातोघर

 १५ कार्तिक २०७६, शुक्रबार २१:०८  मा प्रकाशित

१५ कात्तिक, सिमरा ।

पत्रकार सन्तोष देउजा २५ हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले न्युनतम २५ हजार धरौटी लिएर तारेखमा छोड्ने आदेश दिएको हो । उनी बिहीबार नै धरौटी बुझाएर छुटेका छन् ।

वीरगञ्जकी डा. दाम्पती निलमकुमार साह–राजेशकुमार साहको विषयमा भिडियो अन्तर्वार्ता गरेको विषयलाई लिएर पत्रकार देउजाविरुद्ध डा. निलम साह र उनका बुवा निरञ्जन प्रसाद साहले साइबर क्राइमको उजुरी दिएका थिए ।

यसैबिच धरौटीमा रिहाईपछी देउजा शुक्रबार सिमरा फर्किएका छन् । उनलाई सिमरा बिमानस्थलमा स्वागत गरिएको छ ।

उनको स्वागतमा नेपाल पत्रकार महासंघ बाराका सहसचिव महेश्वर अधिकारी , पत्रकार विदुर खड्का, महासंघ बाराका सदस्य प्रदिप गौतम, रञ्जन यादब, सञ्चारकर्मी वेद भट्ट, सारदा पोखरेल, विकाश पाण्डे पुगेका थिए । विमानस्थलमा राजनीतिकर्मी राजन पौडेल, प्रेम बराल, शोभा कार्की लगायत पनी पुगेका थिए ।

बिमानस्थलमा स्थागतका लागी पुगेकाहरुसंग पत्रकार देउजाले आफ्ना सहयोगी तथा शुभचिन्तकहरुलाई धन्यवाद दिदै अब थप शसक्त रुपमा पत्रकारितमा क्रियाशिल हुने प्रतिकृया दिएका छन् ।

Write your Comment