कोशी ब्यारेजबाट हाम फालेकी मनिषाको उद्धार

रातोघर

 १५ कार्तिक २०७६, शुक्रबार २१:१७  मा प्रकाशित

सप्तरी।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ स्थित सप्तकोशी नदीबाट प्रहरीले आज एक महिलाको उद्धार गरेको छ ।

कोशी ब्यारेजको ५२ नम्बर ढोकाबाट नदीमा हाम्फालेकी सप्तरीको खडक नगरपालिका–१० बनौली बस्ने उमेश चौधरीकी श्रीमती २१ वर्षीया मनिषा चौधरीलाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

कोशी नदीमा छठघाट सरसफाइका लागि इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक मोहम्मद साकिर राईनको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको हो ।

हामफालेको देखेपछि तत्काल उद्धार गरी चौधरीलाई स्थानीय भारदह अस्पतालमा ल्याइएर उपचार गरिएको प्रहरी नायब निरीक्षाक राईनले बताए ।

-khabarhub

Write your Comment