निजगढ अन्तराष्ट्रिय बिमानस्थल : ‘पाँच बर्षभित्रै जहाज उडछ , छिट्टै शिलन्यास गर्छौँ’

यो अन्तराष्ट्रिय बिमानस्थलको नाम निजगढ चर्चामा रहेपनी पछी सबैको सहमतीमा छलफलगरी नामको बिषयमा टुँगो लगाइने उनले बताए ।

रातोघर

 २०७६ मंसिर १, आईतबार  मा प्रकाशित
५४० पाठक संख्या


सिमरा, ०१ मंसिर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारामा बन्न लागेको निजगढ अन्तराष्ट्रिय बिमानस्थलमा पाँच बर्षभित्रै जहाज उडाउनेगरी काम अगाडी बढाइने प्रतिबद्धता जनाएका छन् ।

बाराको कोल्हबी नगरपालीका स्थित सरोकारवाला निकाय बिचको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्न तथा बिमानस्थल निर्माणाधिन क्षेत्रको स्थलगत अवलोकन गर्न पुगेका मन्त्री भट्टराईले बिमान स्थल बन्छ कि बन्दै भन्ने शंका अब नगर्न स्थानियलाई आग्रह गरे । यस बिमानस्थल निजगढ बाहेक अन्यत्र बिकल्प नरहेको भन्दै आयोजना सार्ने हल्लाको पनी अब अन्त्य भएको जिकिर गरे ।

उनले रुख धेरै काटिने अफवाह फैलाई बिमान स्थल बन्न नदिनेहरु प्रति संकेत गर्दै निराधार हल्लाको पछी नलाग्न समेत सुझाए ।

‘अफवाह फैलिए जसरी रुख काटिने होइन, बरु यहाँको क्षेत्रमा रुख बिरुवाको संख्या बढ्नेगरी काम हुन्छ’, उनले भने, ‘बिभिन्न बहानामा यहाँको बिकास रोक्ने बिरोधी तत्वहरु अब सकृय हुन सक्दैनन, पाँच बर्ष भित्रै यहाँबाट जहाज उडने गरी सरकारले योजना बनाइरहेको छ ।’

सरोकारवालाहरुको बिभिन्न जिज्ञासाहरुमा सम्बोधन गर्दै उनले अब यस आयोजनाको नामबारेको बिवादमा अहिले अल्झिन नहुने बताएका छन् । यो अन्तराष्ट्रिय बिमानस्थलको नाम निजगढ चर्चामा रहेपनी पछी सबैको सहमतीमा छलफलगरी नामको बिषयमा टुँगो लगाइने बताए ।

बिमान स्थल निर्माणको मुख्य केन्द्र रहेको टाँगिया बस्ती बासीको स्थानान्तरणको सवालमा सरकार गम्भिर रहेको भन्दै उनीहरुलाई सम्मानजनक रुपमा स्थानान्तरण वा अन्य बिकल्प खोजिनै बताए । नेपाली नागरिकको गास,बास र कपासको ब्यवस्था सरकारले गर्ने संबैधानिक कानुन अनुसार स्थानियकै चाहना अनुरुप बस्ती ब्यवस्थापन गरी आयोजना सम्पन्न गरिने उनले बताए ।

केही दिनमै भैरहवा बिमानस्थल संचालनमा आउने भन्दै उनले पोखरा बिमानस्थलको पनी काम तिब्र भइरहेको भन्दै यहाँ बन्ने बिमानस्थल दोश्रो नहुने र नामको बारेमा समेत पछी टुँँगो लगाइने बताए ।

उनका अनुसार यस आयोजनामा एक खर्ब पचास अर्व बजेट प्रारम्भिक चरणमा लाग्ने छ भने यहाँ निजि क्षेत्रको लगानी समेत गरी करिब ५ खर्बको लगानी भित्रिने छ ।

आइतबार चितवन हुँदै बारा आएका मन्त्री भट्टराईले सरोकारवाला तीनवटा नगरपालिका, त्यस क्षेत्रका सांसद, प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका छन् ।
यसअघि बिमानस्थल क्षेत्रमै बसोबास गरिरहेका कोल्लबी नगरपालीका ८ मा पर्ने काँटगाउँको स्थलगत अध्ययन गर्न पुगेका मन्त्री भट्टराईले त्याहाँका स्थानियको गुनासोलाई समेत सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

काँटगाउँमा एक सय बढी घरपरिवार मध्ये करिब ४२÷४३ घरपरिवारले मुआब्जा बुझन मानेका छैनन् । उनीहरुले मुखाब्जाको रकमले अन्यत्र बसाई सर्न सम्भव नरहेको भन्दै स्थाई बसोबासको प्रबन्ध मिलाईदिन सरकारसंग आग्रह गरेका छन् ।

यसैबिच मन्त्री भट्टराईले विमानस्थल बन्ने क्षेत्र अध्ययन गर्ने र स्थानान्तरण गर्नुपर्ने टाँगिया बस्तीका बासिन्दासँग पनि अन्तरक्रिया गरेका छन् । लगानी बोर्डले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्न जुरिच इन्टरनेशनल एयरपोर्ट एजीसँग विस्तृत प्रस्ताव माग गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

निजगढ विमानस्थललाई सरकारले पछिल्लो लगानी सम्मेलनमा सोकेसमा राखेको थियो । यो विमानस्थल बनाउन नेपाली कम्पनी म्याट्रिक्स इन्टरप्राइजेजले पनि इच्छा देखाएको थियो । यस्तै चीनका दुई सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ र चाइना एयरपोर्ट कन्स्ट्रक्सन, भारतीय कम्पनी जीएमआर र फ्रान्सको भिन्ची एयरपोर्टले पनि निजगढ विमानस्थल बनाउन प्रस्ताव पेश गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban