पहाडी जिल्लासहित तराईंका कैलाली र कञ्चनपुरमा भूकम्पको धक्का

रातोघर

 २०७६ मंसिर ३, मंगलबार  मा प्रकाशित
२५० पाठक संख्या


काठमाडौं, सुदूरपश्चिम भूकम्पको धक्क महसुस गरिएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार डोटीको दीपायल केन्द्रबिन्दू बनाएर ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईंका कैलाली र कञ्चनपुरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

दीपायल केन्द्र भएर गएको भूकम्पको धक्का भारतमा समेत महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुले भारतीय राज्य उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसम्म भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

भूकम्पका कारण कुनै भौतिक तथा मानवीय क्षति भएको विवरण भने प्राप्त भएको छैन ।

प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएपनि क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban