नेपाल पर्यटन बर्ष २०२० अभियान : सिमराबाट ‘साइक्ङ्कि’ टोली गढिमाई प्रस्थान

रातोघर

 २०७६ मंसिर ७, शनिबार  मा प्रकाशित
६२२ पाठक संख्या


सिमरा ।

नेपाल पर्यटन बर्ष २०२० अभियान सफल पार्न अभियान स्वरुप बाराको सिमराबाट

एक साइकल यात्रीको टोली गढीमाई मन्दिर प्रस्थान गरेको छ । शनिबार बिहान करिब ४० जना यात्री सिमरा बिमान स्थल जाने बाटो हुँदै यात्रा शुरु गरेका हुन् ।
यात्रीलाई नेपाल पर्यटन बर्ष २०२० का जिल्ला समन्वय समितीका संयोजक तथा होटल ब्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, नेकपाका जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ लगाएतले यात्रामा शुभकामना दिँदै बिदाई गरेका हुन् ।

यात्रामा बारा सहित मकवानपुरका गरी ४० यात्रीहरु सहभागी छन् । उनीहरुलाई कलैयामा होटल ब्यवसायी संघले स्वागत समेत गर्ने कार्यक्रम छ ।

बारामा पर्यटन प्रवर्धनका लागी स्थानिय तवरबाटै अभियान संचालन गर्न आवस्यक रहेको भन्दै अध्यक्ष शर्माले यसै अभियानलाई सफल बनाउन अन्य बिभिन्न कार्यक्रमको समेत तयारी थालिएको जानकारी दिए ।

बाराको बरियारपुरमा रहेको बिश्व प्रसिद्ध गढिमाई मन्दिरमा हरेका पाँच बर्षमा लाग्ने मेला अहिले चलिरहेको छ । मन्दिरमा दर्शनार्थीको घुँईचो शुरु भईसकेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban