विवाह पञ्चमी र गढीमाई पूजाका लागि सार्वजनिक विदा

रातोघर

 २०७६ मंसिर १३, शुक्रबार  मा प्रकाशित
२७६ पाठक संख्या


विवाह पञ्चमी महोत्सव र गढीमाई मेलाको अवसरमा प्रदेश २ सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ। सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा मंसिर १५ गते र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुईदिन विदा दिएको हो।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा भव्यताकासाथ राम–सीता महोत्सवको मनाइँदै आएको छ। विवाह पञ्चमीको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको प्रदेश २ सरकारका आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। यस वर्ष मंसिर १५ गते विवाहपञ्चमी परेको हो।

यसैगरी वाराको गढीमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला अहिले चलिरहेको छ। आयोजन यही मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिन पनि प्रदेश २ भरि सार्वजनिक विदा दिइएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

a1samachar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban