समाजवादीका यादव विजयी, नेपका तेस्रो स्थानमा

रातोघर

 १५ मंसिर २०७६, आईतवार १०:४३  मा प्रकाशित
१३२ पाठक संख्या



वीरगन्ज । ठूला पार्टीका उमेद्वारलाई पछि पार्दै पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा समाजवादी पार्टीका उमेद्वारले बाजी मारेका छन् । वडाध्यक्ष पदको शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टीको तर्फबाट रुपलाल कुमार यादवले बाजी मारेका हुन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अशेश्वर यादवभन्दा २१२ मत बढि लाएका छन् । अन्तिम नतिजा आउँदा सम्म दोस्रो स्थानका अशेश्वर यादवले ८१९ मत प्राप्त गर्दा रुपलालले भने १ हजार ३१ मत प्राप्त गरे ।

नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) को उम्मेदवार उदयशंकर रौनियारको मत ७९९ ले कम आएको छ । नेकपाका रौनियारले जम्मा २३२ मत मात्र ल्याएको जिल्ला निर्वाचन अधिकारी रंजिता झाले बताइन् । कुल खसेको २ हजार १२८ मतमा स्वतन्त्रका गोपाल साह कानुले १६ मत र राप्रपाका सदरी महराले गाई छापबाट ८ मत प्राप्त गरेको छन् । कुल खसेको सो मत मध्ये २२ मत बदर भएको छ । आइतबार बिहान १ बजेतिर मत परिणामको अन्तिम नतिजा आइसकेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताए ।

वडाध्यक्षमा निर्वाचित रुपलाल कुमार यादव आफ्नै बुबा स्व. वृजमोहन यादवको पद सम्हाल्न पुगेका छन् । उनैका बुबा वृजमोहनको गतबर्ष हृदयघातका कारण मृत्यु भएको थियो ।

Rajdhanidaily.com

Write your Comment