रामजानकि मन्दिर सिमराको औपचारिक उद्घाटन http://www.ratoghar.com/2019/12/02/6358/

रातोघर

 १६ मंसिर २०७६, सोमबार १०:१२  मा प्रकाशित

सिमरा : जीतपुरसिमरा उपमाहानगरपाीका वडा नम्बर २ स्थित सिमरा चोक नजिकै नवनिर्मित रामजानकि मन्दिरको आइतबार उद्घाटन गरिएको छ ।
सिमराका बरिष्ठ समाजसेबी प्रभु शमशेर जबराको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरको दाता जबरा र उहाँकी पत्नी राजी राणाले संयुक्त रुपमा उद्घाटन गरे ।
यसअघी गत २०७५ पौष १५ गते एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमाहानगरपालीकाका प्रमुख डा. कृष्ण पौडेलले मन्दिर शिलान्यास गरेका थिए ।
एक बर्षमा निर्माण सम्पन्न गर्ने लक्षले निर्माण थालिएको मन्दिर लक्षभन्दा अगावै सम्पन्न गरिएको मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष हरि चौधरीले बताए ।
आकर्षक ढाँचामा निर्माण गरिएको मन्दिरको कुल लागत ६९ लाख रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

Write your Comment