जनकपुरमा ‘राम-सीताको स्वयम्वर’ सकियो, लाखौं सहभागी

रातोघर

 १६ मंसिर २०७६, सोमबार १०:२१  मा प्रकाशित

जनकपुरधाम : लाखौं दर्शनार्थीको उपस्थितिका बीच जनकपुरस्थित १२ बिगाहको रंगभूमि मैदानमा सीता र रामको स्वयम्वर सम्पन्न भएको छ ।

सीताराम पञ्चमी महोत्सव अन्तर्गत धार्मिक विधिअनुसार राम र सीताको स्वयम्वर भएको हो । स्वयम्वर सकिएसँगै आइतबार साँझ राम र सीताको विवाह हुनेछ । हिन्दू मिथक अनुसार त्रेतायुगमा भएको सीता र रामको वैवाहिक सम्बन्धलाई महत्व दिँदै जनकपुरमा प्रत्येक वर्ष सीताराम विवाहपञ्चमी महोत्सव मनाउने चलन छ ।

सीता र रामको स्वयम्वरमा सहभागी हुन लाखौं दर्शनार्थी रंगभूमि मैदान पुगेका थिए । दर्शनार्थीको भीडका कारण १२ बिगाहको रंगभूमि मैदान भरिभराउ थियो । भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको देखिन्थ्यो ।

Write your Comment