बिकास निर्माणमा राजनितिक एकता आवश्यक : उमाकान्त चौधरी

रातोघर

 १६ मंसिर २०७६, सोमबार ११:१३  मा प्रकाशित

निजगढ : बारा संघीय निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य उमाकान्त चौधरिले बिकास निर्माणका काममा दलगत राजनिती रहन नहुने जिकिर गर्नुभएको छ । सांसद चौधरीको संसदिय बिकास कोषबाट निजगढ नगरपालिका वडा नम्बर १० लाल गाउँमा निर्मित लाल-बकैया सिचाई आयोजनाको आईतबार उद्घाटन गर्दै पुर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका सांसद चौधरीले बिकास निर्माणका काममा सबै दलहरुबिच एकताको खाँचो रहेको औल्याउनुभयो ।

जनप्रतिनिधिबाट जनताले बिकास निर्माणको आशा गर्ने भएकाले समान ढङ्गले व्यवहार गर्नुपर्ने वहाको धारणा छ । चौधरीले जनता समक्ष समान रुपले प्रस्तुत रहनु आफ्नो मान्यता रहेको बताउदै आफ्नो क्षेत्रमा हुने बिकास निर्माणका कममा कुनैपनी कमी कमजोरी रहन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेस कुमार खनालले संसदिय बिकास कोषबाट नगर भित्र सम्पन्न सिचाई योजनाको प्रशंसा गर्दै आयोजनालाई आवश्यक परेका खण्डमा थप सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

मेयर खनालले नगरको कृषि योग्य क्षेत्रमा सिँचाई सुविधा पुर्याउन नगरपालिकाले पनि आवश्यक क्रियाकलाप गरिरहेको बताउनुभयो । नगरको कृषि क्षेत्र बिकासका निम्ति विभिन्न योजनाका साथ अघि बढिरहेको उहाँले बताउनुभयो ।

यस्तै समाजसेवी पेमासिद्धि लामाले बिकासका निम्ति स्रोतसाधनका साथै इक्षा शक्तिको समेत आवश्यक रहेको बताउनुभयो । लामाले शक्ति र सत्तामा हुनेले मात्रै बिकासका काम गर्न सक्छ भन्ने भ्रमलाई त्यागेर दृढ संकल्पका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद चौधरीको संसदिय बिकास कोषबाट बिनियोजित रकमबाट सम्पन्न योजनाबाट ६४ बिगाह भन्दा बढी जमिन सिंचित हुने वडा अध्यक्ष पदम बहादुर मोक्तानले बताउनुभयो । योजना सम्पन्न भएसङ्गै सिचाई अभावमा खेती गर्न समस्या भोगिरहेका कृषकहरुले समयमै खेतिपाती गर्न सहज हुने भन्दै खुशि व्यक्त गरेका छन् ।

Write your Comment