चलचित्र “माया पिरिम” बाट सिने जगतमा डेब्यु गर्दै सिमराका रमन बिन्दास

रातोघर

 १७ मंसिर २०७६, मंगलवार ११:५८  मा प्रकाशित

चलचित्र ‘माया पिरिम’ मंसिर २० गतेबाट प्रदर्शनको तयारीमा छ । अहिले चलचित्रका कलाकार र निर्माण टिम प्रचारप्रसारमा ब्यस्त छन् । चलचित्रमा कोशिश क्षेत्री , किरण चन्द , रमन विन्दास राई , विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङ लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । कथावस्तु एक्सन र कमेडी छ भने कुरा पोस्टर र ट्रेलरबाटै थाहा पाउन सकिन्छ ।

यसै चलचित्र बाट   सिमराका रमन बिन्दासले डेब्यु गरेका छन। अब का दिनमा आफू चलचित्र भित्रै रहने पनि बताए,आउने दिनमा जस्तो सुकै चरित्रको अभिनय गर्न परे पनि तयार भएको बताए,यस चलचित्रको सुटिङ को बेला बाइक स्टेन्ड गर्ने बेला खुट्टामा चोट लागेको कुरा कैले नबिर्सने रातो घरलाई बताएका छन।

चलचित्रको केही दिनअघि मात्र गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । अहिले ट्रेलरको ‘केटीको चक्कर र टिप्पर ठक्कर ’डाइलग र ‘फोटो खिचेर ’बोलको को गीत निकै चर्चामा छ । गितमा नायक सलोन बस्नेत र मोडल अञ्जली अधिकारीले नृत्य गरेका छन् ।

राईको अनुसार चलचित्रमा नाम जस्तै प्रेम र बिछोडलाई कमेडी ढङगले देखाइएको बताएका छन् । यो चलचित्रमा आफुले निभाएको भूमिकाले दर्शकहरुको मन जित्ने पनि राईको आशा छ । निर्माण टिमले पनि चलचित्र राम्रो बनेकाले दर्शकहरुले मन पराउने आशा गरेका छन् । चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।

चलचित्रको सविन अधिकारी र प्रविन थापा निर्माता हुन् । मोहन मरासैनी र युवराज दाहाल सह निर्माता रहेको चलचित्रको सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता हुन् । चलचित्रमा निरज कँडेलकोे छायाकंन , श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

Write your Comment