तेस्रो बारा महोत्सवको तयारी पुरा,एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा

रातोघर

 १७ मंसिर २०७६, मंगलवार २१:०८  मा प्रकाशित

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा बिहिबार बाट सुरु हुने तेस्रो बारा महोत्सको सम्पूर्ण तयारी पुरा भएको छ ।

मेला आयोजक एस फाउण्डेशन अफ नेपालले मंगलबार वडा नम्बर चारको कर्यालय अगाडी मेला स्थलमा पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । वडा कार्यालयको सहयोग र द लिड ईन्टरटेनमेन्ट एण्ड एड्भरटाईजिङ नेपालसँगको सहकार्यमा आयोजना हुन लागेको मेला मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजकका अनुसार एक सय स्टलहरुमा ब्यापार ब्यवसाय, बिभिन्न मनोरञ्जनात्मक खेल, साँस्कृतिक कार्यक्रमसँगै बारका महत्वपूर्ण पर्यटकिय स्थलहरुको प्रदर्शनी समेत मेलामा रहने छ । ६० लाखको अनुमानित लागतमा १० दिनसम्म सञ्चालन हुन लागेको मेलामा एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको मेलाका सह संयोजक राजकुकार थापाले जानकारी दिए ।

बिहान १० देखी राती ८ बजेसम्म सञ्चालन हुने मेलाको सुरक्षाका लागि दशै दिन मेला स्थल सिसिटिभी क्यामेराको निगरानी रहने आयोजकले जानाएको छ । साथै मेलामा ईलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरेर आवश्यक मात्रामा सुरक्षाकर्मी समेत आयोजकले जनाएको छ ।

Write your Comment