बाराको जीतपुरसिमरा उ.म.पा १४ मौलापुरका किसान जंगली जनावरबाट आजित

रातोघर

 १९ मंसिर २०७६, बिहीबार ०९:५५  मा प्रकाशित

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मौलापुरमा जंगली जनावरले बालि नष्ट गर्न थालेपछी स्थानिय आजित बनेका छन् ।
रातिको समयमा जंगल क्षेत्रबाट खेतबारीमा प्रबेश गर्ने निलगाई, बँदेल लगायतका जनावरले बालि खाईदिन थालेपछी हैरान भएको किसानहरुको गुनासो छ ।
पर्सा राष्ट्रिय निकुञ्जबाट प्रबेश गर्ने त्यस्ता जंगली जनावरले बर्षभरी खाने अन्नबालि सखाप पार्नेगरेको भन्दै उनिहरुले नियन्त्रणका लागि निकुञ्ज गुहारेका छन् । जंगलि जनावरबाट आजित बनेका सयौँ किसानहरुको हस्ताक्षर सहतिको निवेदन निकुञ्जमा पेश गर्दै उनिहरुले बेलैमा समस्या समाधान नभए बस्ती नै बिस्थापित हुने खतरा बढेको बताएका छन् ।

खेतबारीमा रोपेको मकै रातिमा जंगलि जनावर आएर खाईदिने गरेको स्थानिय बद्री प्रसाद अधिकारीले बताए । ‘अहिले खेतमा मकै छरेका छौँ । उनले भने, ‘उक्त मकै सानो छँदा निलगाईले खाईदिने र ठुलो भएपछी बँदेलले खाईदिने गरेको छ ।’
समस्या समाधानका लागि भन्दै नजिकैको हलखोरिया साझेदारी बन ब्यवस्थापन समिती र उउपमहानगर कार्यालयमा समेत हस्ताक्षरसहितको निवेदन दिईएको उनले बताए ।

उक्त वडामा पर्ने बोर्डिङ टोलदेखी मौलापुर हुँदै बालगंगा नदी किनारसम्म पर्ने कैयौँ बिगाह खेती जंगली जनावरबाट जोगाउन मुस्किल भएको अर्का स्थानिय किसान सिताराम ढकालले गुनासो गरे ।
‘रातीका समयमा आउने निलगाईको बथानलाई धपाउन रातभरी ड्रम ठटाउने, शंख बजाउने लगायत अनेकौँ उपाय अपनाउने गरेका छौँ । तरपनि हामिबाट नियन्त्रण हुने देखिएन ।’ उनले भने ।

बर्षभरी खाने अन्न नै जोगाउन नसकिने अवस्था श्रृजना हुँदा बस्ती नै बस्थापित हुने खतरा बढेको उनिहरुको भनाई छ ।
यता पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महार्जनले जंगलि जनावरले दुखः दिने क्षेत्रमा जडिबुटी लगायतका उनिहरुले नरुचाउने जातको खेती गर्नुपर्ने सुझाव दिए । ‘त्यस्ता स्थानका कृषकलाई जनावरले नरुचाउने र प्रतक्ष आर्थीक लभ लिन सकिने किसिमका नगदे बालिमा प्रत्साहन गर्ने तयारीमा हामी छौँ । उनले भने ।
त्यसका साथै राष्ट्रिय निकुञ्ज बिभागले पनि बस्तीमा आतंक मच्याउने जनावरको संरक्षणमा बधा नपुग्नेगरी नियन्त्रणका लागि योजना बनाईरहेको उनले जानकारी दिए ।

Write your Comment