काब्य आचार्य को स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘धर्ति’ सार्वजनिक (भिडियोसहित)

रातोघर

 २०७६ मंसिर २१, शनिबार  मा प्रकाशित
५८५ पाठक संख्या


काब्य आचार्यको स्वरमा रहेको राष्ट्रिय भावको गीत ‘धर्ति’ सार्वजनिक भएको छ । साहित्यकार तथा चलचित्र पत्रकार शान्ति प्रियको शब्द, दीपक शर्माको सङ्गीत र नरेन्द्र बियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायिका काब्य आचार्यले यो धर्ति मा एउटा चिनो छोडेर जाने रहर भएको भाव अभिव्यक्त गरेकी छिन् । उनले देशको इतिहासमा आफ्नो नाम पनि कोर्ने रहर भएको उल्लेख गरेकी छिन् ।

उनले यो भाव एक राष्ट्रिय गीतमा अभिव्यक्त गरेकी हुन् ।  केहीदिन अघि सार्वजनिक भएको गायिका आचार्यको ‘धर्ति’ बोलको गीतमा उक्त भाव प्रस्तुत गरिएको हो ।  सार्वजनिक राष्ट्रिय भावको उक्त गीत साहित्यकार तथा चलचित्र पत्रकार शान्ति प्रियले लेखेका हुन् । गीतमा दीपक शर्माले संगीत गरेका छन् । गीतमा नरेन्द्र वियोगी संगीत संयोजन सुन्न सकिन्छ ।

स्मृति तिमिल्सिना ‘गूरुआमा’ले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आचार्यको नृत्य समेत देख्न सकिन्छ । उनको साथमा अवालिका तामाङ् लगायतका कलाकारलाई समेत देख्न सकिन्छ । श्यामस्वयत रसाईंलीले अडियो सम्पादन गरेको गीतको म्यूजिक भिडियो भने प्रकाश धमालाले सम्पादन गरेका छन् । गीतमा निर्देशक तिमिल्सिनाकै कोरियोग्राफी रहेको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban