स्तन क्यान्सर पिडितको उपचारार्थ सहयोग रकम हस्तान्त्रण

रातोघर

 २१ मंसिर २०७६, शनिबार १९:५५  मा प्रकाशित

डुमरवाना : स्तन क्यान्सर बाट पिडित बाराको जीतपुरसिमरा उपमहानगपालिका १४ कि चित्रकुमारि कार्की को उपचारका लागि सहयोग संकलन निरन्तर भैरहेको छ । जनकपुर घर भएकी कार्की बिगत केही महिनायता रजघट्टास्थित माईतीमा बसेर भरतपुर क्यानसर अस्पतालमा नियमित उपचार गराईरहेकी छिन् ।
आर्थीक रुपमा बिपन्न उनको परिवारले उपचारमा सहयोग गरिदिन याचना गरेपछी वडा अध्यक्ष रामशरण बर्तौलाको अगुवाईमा बिभिन्न ब्यक्ति र संघसँस्थामार्फत सहयोग संकलन गरिएको हो ।
सम्बन्धित समाचार :
क्यान्सर पिडित महिलाको उपचारमा सहयोग गर्न अपिल
हालसम्म संकलित करिब साढे दुई लाख रुपयाँ आज पिडित परिवारलाई हसतान्तरण गरिएको छ । वडा अध्यक्ष बर्तौला लगायत स्थानिय गोमा बासकोटा, रुद्र खतिवडा, राजु अधिकारि, चन्दिृका पंन्त, नबिन खडका, शंकर सिम्खडामार्फत संकलित २ लाख २७ हजार ८ सय ९१ रुपयाँ आज पिडित परिवारलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष बर्तौलाले जानकारी दिए ।

Write your Comment