८० सिटे जहाजबाट सिमरा उडान गर्दै श्री एयरलाइन्स

रातोघर

 २०७६ मंसिर २४, मंगलबार  मा प्रकाशित
६९२ पाठक संख्या


निजी क्षेत्रको हवाई सेवाप्रादयक श्री एयरलाइन्सले काठमाडौ-सिमरा उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले हालैमात्र ल्याएको बम्मार्डियरको सिआरजे क्वू ४०० सिरिजको जहाजबाट सिमरा उडान गर्ने तयारी गरेको छ।
उडानको मिति भने तय भएको छैन।
नेपालमा पहिलोपटक आएका जहाज भएकाले तिनको परीक्षणको लामो प्रक्रिया अझै सकिएको छैन।
सकभर यही हप्ताभित्र सिमरा टेष्ट ल्यान्डिङ गरिने र त्यसको रिपोर्ट आएपछि उडान निश्चित हुने एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।
परीक्षण उडानको रिपोर्ट सकारात्मक नभएमा उडान हुने छैन।
एयरलाइन्स यही सिरिजका जहाजबाट जनकपुर र पोखरा पनि उडान गर्ने तयारी गरेको छ।
Setopatim.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban