नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानको रूपमा मनाउने

रातोघर

 २४ मंसिर २०७६, मंगलवार ०९:०२  मा प्रकाशित
४०७ पाठक संख्या



नेपाल भ्रमण वर्ष सन २०२० लाई प्रदेश दुईले महा अभियानको रूपमा मनाउने भएको छ ।

नेपाल भ्रमण वर्ष प्रदेश दुई समन्वय समिति र होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुई बिच नेपाल भ्रमण वर्ष सन २०२० लाई प्रदेशमा महा अभियानको रूपमा मनाउने सहमति भएको छ ।
प्रदेश दुई मा वाह्य तथा आन्तरिक पर्यटक भित्रयाउन प्रदेशका विभिन्न जिल्लाहरूमा समितिहरू गठन गरिसकेको र भ्रमण वर्ष लाई महा अभियानको रूपमा मनाउन सम्पूर्ण जिल्लाहरू तयार भएको नेपाल भ्रमण वर्ष प्रदेश दुई समितिका सदस्य तथा पर्यटन अभियन्ता मोहन शर्माले जानकारी दिए ।

शर्माले नेपाल भ्रमण वर्षलाई प्रदेशमा महा अभियानको रूपमा मनाउन प्रदेशका पर्सा, बारा, सर्लाही , धनुषा र सिराहामा समिती गठन गरि पर्यटक भित्राउने खालका कामहरू भईरहेकोे बताउदै अन्य जिल्लामा छिटै समिति गठन गरिने बताए ।

प्रादेशिक महोत्सव हुने

प्रदेश दुईले भ्रमण वर्षको अवश्वरमा प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्न प्रदेशिक महोत्सव गर्ने भएको छ ।भ्रमण वर्ष समितिले छनोट गरेका ४० पर्यटकीय क्षेत्रलाई देश तथा विदेशमा चिनाउन पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्नु बनाई बाराको अम्लेखगन्जमा महोत्सव गर्ने भएको शर्माले बताए ।

महोत्सवमा गज पुजन , हात्ती पेन्टिङ, साईकल यात्रा, हात्ती सफारी, जिपसफारी आदि क्रियाकलाप हुने तथा निकुन्ज को हात्ती सार एरियामा जिप फ्लाएर र ट्री जम्पिङ्ग को समेत सम्भाब्यता अध्यन गरिने नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २ का महासचिव समेत रहेका प्रदेश २ का पर्यटन अभियन्ता मोहन शर्मा ले जानकारी गराउनु भएको छ ।

Write your Comment