नेपाल भ्रमण वर्षलाई प्रदेश दुई ले महा अभियानको रूपमा मनाउने

रातोघर

 २०७६ मंसिर २४, मंगलबार  मा प्रकाशित
५४६ पाठक संख्या


नेपाल भ्रमण वर्ष सन २०२० लाई प्रदेश दुईले महा अभियानको रूपमा मनाउने भएको छ ।

नेपाल भ्रमण वर्ष प्रदेश दुई समन्वय समिति र होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश दुई बिच नेपाल भ्रमण वर्ष सन २०२० लाई प्रदेशमा महा अभियानको रूपमा मनाउने सहमति भएको छ ।
प्रदेश दुई मा वाह्य तथा आन्तरिक पर्यटक भित्रयाउन प्रदेशका विभिन्न जिल्लाहरूमा समितिहरू गठन गरिसकेको र भ्रमण वर्ष लाई महा अभियानको रूपमा मनाउन सम्पूर्ण जिल्लाहरू तयार भएको नेपाल भ्रमण वर्ष प्रदेश दुई समितिका सदस्य तथा पर्यटन अभियन्ता मोहन शर्माले जानकारी दिए ।

शर्माले नेपाल भ्रमण वर्षलाई प्रदेशमा महा अभियानको रूपमा मनाउन प्रदेशका पर्सा, बारा, सर्लाही , धनुषा र सिराहामा समिती गठन गरि पर्यटक भित्राउने खालका कामहरू भईरहेकोे बताउदै अन्य जिल्लामा छिटै समिति गठन गरिने बताए ।

प्रादेशिक महोत्सव हुने

प्रदेश दुईले भ्रमण वर्षको अवश्वरमा प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्न प्रदेशिक महोत्सव गर्ने भएको छ ।भ्रमण वर्ष समितिले छनोट गरेका ४० पर्यटकीय क्षेत्रलाई देश तथा विदेशमा चिनाउन पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्नु बनाई बाराको अम्लेखगन्जमा महोत्सव गर्ने भएको शर्माले बताए ।

महोत्सवमा गज पुजन , हात्ती पेन्टिङ, साईकल यात्रा, हात्ती सफारी, जिपसफारी आदि क्रियाकलाप हुने तथा निकुन्ज को हात्ती सार एरियामा जिप फ्लाएर र ट्री जम्पिङ्ग को समेत सम्भाब्यता अध्यन गरिने नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश २ का महासचिव समेत रहेका प्रदेश २ का पर्यटन अभियन्ता मोहन शर्मा ले जानकारी गराउनु भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban