सबैलाई रुवाउने गित लिएर आए लोक गायक शिरीष देवकोटा(भिडियो सहित)

रातोघर

 २०७६ मंसिर २७, शुक्रबार  मा प्रकाशित
११८१ पाठक संख्या


काठमाडौं। मौलिक एवं लोपोन्मुख लोकसंगीतमा रुचि राख्ने गायक शिरीष देवकोटाले नयाँ मर्मस्पर्शी प्रेम गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत ‘अञ्जुली’बोलको गीत सार्वजनिक गरेका हुन्।

शिरीषको आफ्नै लय (संकलन), शब्द अनि स्वरमा रहेको गीतमा धेरै बर्ष पहिले गाउँघरमा घाँसदाउरा, मेलापात गर्दा गाइने भाका (घासे,कोदे,काने)संगै गन्धर्ब लय जोडिएको पाईन्छ। असारमा गाईने वाली अनि सुदूरपश्चिममा गाइने ठाडीसंग पनि गीतको शैली मेल खान्छ। शिरीषले भनेका छन्, –‘यो व्यवसायिक गीत होइन, पुरानो भाका एवं शैली संरक्षणका खातिर यो गीत जन्मिएको हो। आशा छ, लोक संगीत पारखिहरुको मन जित्नेछ।’

गीतमा गोपाल देवको बाँसुरी, कमल बि.क.को सारङ्गी, गोविन्दमधुर आचार्यको कोर्ड रहेको छ।

गीतका शब्दहरु निकै मर्मस्पर्शी छन्। अडियो अब्बल छ। अडियोअनुसार भिडियोमा पनि मेहनत झल्किन्छ। भिडियोका दृश्य निर्माण पृथक छ। स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन रहेको भिडियोमा शिरीष र स्मृतिले नै अभिनय गरेका छन्। दुबैको अभिनयले दर्शकको मन छुन्छ।

भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन्।

गीत सार्वजनिक भएसंगै स्रोता/दर्शकले मर्मस्पर्शी भनेका छन्। युट्युब कमेन्टमा कोहीले अर्गानिक गीत भनेका छन् त कोहीले गीत हेर्दा आँशु आएको प्रतिक्रिया दिएका छन्। कोहीले मुटु बिझाउने गीत भनेका छन्। कोहीले क्षणभरिको आनन्द दिने र युट्युबको भ्यूज बटुल्नको पछि दौडने कलाकारमाझ आत्मसन्तुष्टी, लोक संस्कृति संरक्षण, समाजको यथार्थ चित्रण, दुःख र पिडामा परेका मुटुको साथी बन्न, ओझेलमा परेका भाकालाई जिवित राख्न लागि परेको भन्दै सर्जकप्रति सम्मान ब्यक्त गरेका छन्।

यस्तो छ गीत :

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban