घुस मागेको भन्दै बाराबाट प्रहरी जवान पक्राउ

रातोघर

 २०७६ पौष ३, बिहिबार  मा प्रकाशित
३०९ पाठक संख्या


बारा : बाराबाट एक जना प्रहरी जवान सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादव पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागी रहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइएको टोलीले उनलाई कलैया उपमहानगरपालिका-३ बाट नियन्त्रणमा लिएको हो ।

यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban