‘निजगढ बिमानस्थल निर्माणमा षड्यन्त्र नहोस’

भट्टराई राजधानी पुग्न नपाउँदै बिरोधी अदृष्य तत्वले पत्रिकामा लेख छपाउन थाले । त्यसपछी शुरु भयो यहाँ जंगल मासिने कुरा, पुतली र फटयाँङ्ग्रा मासिने कुरा ।

कृष्ण सिग्देल

 २०७६ पौष ३, बिहिबार  मा प्रकाशित
६५८ पाठक संख्या


सिमरा ।

बारामा दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल बन्न नदिन फेरी अदृष्य शक्ति लागी परेको सरोकारवाला निकायको निष्कर्ष छ । यहाँ देशको दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल बन्ने चर्चा चलेको बीसौँ बर्ष बित्यो । हालसम्म निर्माण क्षेत्रको चार किल्ला छुट्याउन र बस्ती स्थानान्तरण गर्न करोडौँ रकम सरकारले खर्चिइसकेको छ ।

बिभिन्न समयमा पुष्पकमल दाहाल त कहिले माधव नेपालले यहाँ आएर ठुलो स्वरमा बिमानस्थल बन्ने हल्ला गरेपछी यहाँका जनता उत्साहित बन्नु स्वभाविकै हो । तर उत्साह जिवित छँदै केही दिन अघिमात्रै पर्यटन मन्त्री योगेश भट्टराई बाराको निर्माण क्षेत्रमा अनुगमनका लागी भन्दै जम्बु टोली बोकेर आए र फेरी यहाँका जनताको उत्साहमा घिउ थपिदिए । भनिदिए, ‘पाँच बर्षमा जहाज उड्छ, दु्रत गतीमा काम शुरु हुन्छ ।’

तर भट्टराई राजधानी पुग्न नपाउँदै बिरोधी अदृष्य तत्वले पत्रिकामा लेख छपाउन थाले । त्यसपछी शुरु भयो यहाँ जंगल मासिने कुरा, पुतली र फटयाँङ्ग्रा मासिने कुरा ।

त्यतीमात्रै नभै बातावरण र रुखबिरुवाको रक्षाको लागी भन्दै सर्वोच्चमा रिट पनी बुझाए । सर्वोच्च पनी के कम, के कसो हो, सो बारे दुबै पक्षको सुनुवाई हुनुपुर्व आयोजना निर्माणलाई यथास्थितीमा राख्न आदेश दियो ।

बातावरण बिद् नाम गरेका केही शक्तिहरु अहिले यसरी लागी परेका छन् कि मानौ हजारौँ पुतली र चराचुरुंङ्गीहरुको बलिदानीमा यो आयोजना निर्माण गर्न खोजिएको छ । उनीहरुकै शब्द सापटी लिएर भनेँ भने, यहाँ तिन सय बर्ष पुराना सालका रुखहरु र लोपोन्मुख चराचुरुंङ्गी र जंगली जनावरहरुको बिनास गरी बिकासका नाममा बिमानस्थल बनाउन तयारी हुँदै छ ।

तर इआईए अध्ययन (वातावरण प्रभाव मुल्याँकन प्रतिवेदन) मा यसो छैन । प्रतिवेदनमा कटान गरीने रुखको संख्यामा दोब्बरी बढावा गरी वृक्षारोपण, पानीको मुहान सुक्न नदिने गरी सोको बिकल्प सहितको ब्यवस्थापन, जंगली जनावर र पर्यावरण नमासिने योजना आदी आदी छन् ।

आयोजना कार्यालयका अनुसार प्रारम्भिक चरणमा करिब एक लाख बढीको हाराहारीमा मात्रै ठुला रुख कटान गरी काम शुरु गर्न सकिने भनेको छ । एउटा मात्रै धावन मार्गको निर्माण गर्ने गरी आयोजनाको डिपिआर तयार गर्न सकिने भनिएपनी पटक पटक वातावरण र रुख बिरुवा मासिने भन्दै बिरोधी तत्वहरु लागी पर्दा यहाँ आयोजना निर्माणको अन्योलता उस्तै छ ।

बिहिबार मात्रै बाराको सिमरामा यस आयोजनाका बिभिन्न सरोकार समितीहरु र जनप्रतिनिधिहरुले दबाब श्रृजना गर्ने भन्दै अन्तरकृया कार्यक्रमको आयोजना गरे ।
यहाँ आयोजना समयमै निर्माण गर्न दबाब श्रृजना गर्ने र आयोजना निर्माणमा सहयोग पुर्याउने भन्दै आधा दर्जन सरोकार समिती समेत निर्माण भइसकेको छन् । उनीहरुले बिहिबार संयुक्त कार्यक्रमको आयोजना गरी सम्बद्ध निकायलाई घच्घच्याउने काम गरे ।

तत्कालीन समयमा आयोजनाको प्रस्तावमा सहमती जुटाउने अभियानका साँक्षी बनेका पुर्व युवा तथा खेलकुद् मन्त्री पुरुषोत्तम पौडेल पनी दवाब कार्यक्रममा उपस्थित थिए । उनले पनी आयोजना निर्माण गर्ने निर्णय भएको बिस बर्षमा सिमाना मात्र कायम भएको प्रति दुःख ब्यक्त गर्न चुकेनन् ।

कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रहरुका संघिय सांसद, प्रदेश सांसद, स्थानिय तहहरुका मेयर÷उपमेयर, सबै राजनैतिक दलका प्रतिनिधि लगाएत सबै सरोकारवाला निकायहरुको एउटै आवाज थियो, ‘आयोजना जसरी पनी सम्पन्न हुनुपर्छ , बिमानस्थल निर्माणमा षड्यन्त्र नहोस ।’

कार्यक्रममा बोल्ने केही प्रदेश २ का सांसदहरुले आयोजनामाथी षड्यन्त्र गरिए प्रदेश सभा नै चल्न नदिने समेत चेतावनी सरकारलाई दिए । र अब भने बिमानस्थल पक्कै बन्छ भन्दै सहभागीहरु घर फर्किए ।

यसअघि पनी निजगढका रबिराज दंगाल संयोजक रहेको सरोकार समितीले पनी राजधानी स्थित रिपोटर्स क्लवमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजनाको बिरोध गर्नेहरु बिरुद्ध धावा बोलेर फर्किएका थिए । उनी आयोजनाको शुरुवाती अवस्थादेखी सहयोगी अभियन्ता हुन् ।

अहिले बिमानस्थल बन्नेमा टाँगीयाबासीका जनता मात्र होइन समग्र प्रदेश २ नै सकारात्मक छ । बिरोधी आवाज कहिँ भेटिदैन । सरकारी पक्ष पनी अयोजना बन्न दिन कुनै कसर बाँकी नराख्ने फलाकीरहेको छ । तर के त्यस्तो एउटा शक्ति छ, जो देखी सरकार पनी बेलाबखत त्रसिद बन्छ, लडखडाउँछ र आयोजना निर्माणमा फेरी ‘ब्रेक’ लागेजस्तै देखिन्छ ।

जे जसो भएपनी यस आयोजनाको अन्यत्र कतै बिकल्प छैन भन्नेमा सरकार निर्धक्क छ । यहाँका स्थानिय पनी आफ्नै पालामा जहाज जढ्ने रहर पुरा हुनेमा ढुक्क छन् । निर्माण आयोजनाको कार्यालय पनी जसैगरी आयोजना सम्पन्न गर्ने दाउमै छ ।

बाँकी रहयो उही शक्ति , तिनको पहिचान गरी बिरोधको कारण, बैकल्पिक बाटो र प्राबिधिक अनुसन्धानको खोजी गर्न आवश्यक छ । हालको पर्यटन मन्त्रीले भने झैँ, यस आयोजनाको बिरोध गर्ने जो कोही यदी छन्भने ति नेपाली नागरिक नै होइनन् । तिनलाई सरकारको सम्बद्ध पक्षले ‘ठेगान’ लगाउन आवश्यक छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban