कोल्हबीमा सेनाले ७५ हेक्टर जमिन बृक्षारोपण गर्दै

रातोघर

 २०७६ पौष ३, बिहिबार  मा प्रकाशित
४५४ पाठक संख्या


सिमरा ।

निजगढ–काठमाण्डौ दु्रतमार्ग निर्माणका क्रममा काटिएका रुखको क्षतिपूर्ती बापतको वृक्षरोपणका लागि जमिन अभाव भएपछी यतिबेला नेपाली सेनाले खाली जमिन खोजी गरिरहेको छ ।

सोही क्रममा नेपाली सेनाको बृक्षरोपण कार्यदलले बाराको कोल्हबी नगरपालीकाको ५ र ८ नम्बर वडामा गरी ७५ हेक्टर क्षेत्रफल बराबरको जमिनमा बृक्षारोपण गर्न स्थानिय तहसंग सहमती लिएको छ ।

कोल्हबी स्थित साझेदारी बन ब्यवस्थापन समितीका अध्यक्ष मुस्तफा अंसारीको अध्यक्षता तथा कोल्हबी नगरपालीकाका प्रमुख भरत भण्डारीको प्रमुख आतिथ्यता सहित स्थानिय जनप्रतिनिधिको सहमतीमा सेनाको बृक्षारोपण कार्यदलले एक कार्यक्रमको आयोजना गरी बिरुवा रोप्न सहमती गरेको हो ।

सहमती अनुरुप सो क्षेत्रफलमा सेनाले बिरुवा हुर्काउने जिम्मा सहित बृक्षारोपण गर्ने भएको छ । कोल्हबी ८ का वडा अध्यक्ष सार्थक पौडेलका अनुसार सेनाले पाँच बर्षमा सो बिरुवा हुकाई पुनः साझेदारी बनलाई नै हस्तान्तरण गर्नेगरी सहमती भएको जानकारी दिए ।

दु्रमार्गको ट्रयाक खोल्ने क्रममा ६ हजार ७ सय र पछिल्लो समय निर्माणका लागि १७ हजार ९ सय ४९ वटा रुख काटेको सेनाले सुरुङ्ग र पुल निर्माणका लागि पुनः करिव दुई हजार रुख काटिने अनुमान गरेको छ ।

सरकारसँगको सम्झौताअनुसार दु्रतमार्ग निर्माणका क्रममा क्षती हुने प्रती रुख २५ वटाका दरले १९ हजार नौ सय ४९ वटा रुख बापत सेनाले करिब पाँच लाख बिरुवा हुर्काउनुपर्ने छ ।

जसका लागि सेनालाई तिन सय १५ हेक्टर खालि जमिन आवश्यक पर्छ । ललितपुर, मकवानपुर सहित बाराको बन क्षेत्रबाट काटिएका र काटिने क्रममा रहेका ति रुख बापतको वृक्षरोपण सम्बन्धित जिल्लामै गरिनुपर्ने सम्झौतामा उल्लेख छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban