

सिमरा :
बाराको पचरौतामा शंकाष्पद अवस्थामा जलाउन लागेको शव बारा प्रहरीले बरामद गरेको छ ।
जिल्लाको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपातीकी ४० वर्षिया मालती देवी नुनियाको शव नेपाल भारत दशगजा नजिकै जमुनी खोलाको किनारमा जल्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
मालतीलाई उनकै श्रीमान रामयाद महतो नुनियाले हत्या गरि जलाउन जगेको हुनसक्ने आशंका प्रहरीको छ ।
भारतको मोतिहारी जिल्ला छौडादानु थाना जयनजुवाफर ग्राम पञ्चायत वडा नम्बर ३ माइती भएकी मालतीको शंकाष्पद ढंगले मृत्यु भएको खबर मालतीकै फुपाजुका छोरा राजकुमार महतोले प्रहरी चौकी पिपरपातीलाई दिएका थिए ।
सोही नगरपालिका वडा नम्बर पाँच बस्ने महतोले बिहान पौने ११ बजे दिएको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, एसपी बिकासराज खनालसहितको प्रहरी टोली बिहानै साढे ११ बजे मृतक मालतीको घर गएको थियो ।
तर गाउँमा कोही नभेटीएपछी खोजतलास गर्दै जाने क्रममा बस्तीभन्दा करिब ४०० मिटर पर जल्दैगरेको शव फेला परेको प्रहरी चौकी पिपरपातीका प्रहरी सहायक निरिक्षक शेष राहुल्लाहले जानकारी दिए । ‘मृतक मालतिका फुपुका छोरा र उनका आफ्नै भाइले समेत हामीलाई खबर गरेका थिए । खबर पाउनासाथ तत्काल अनुसन्धान थाल्न उनको घर पुगेका थियौँ ।’ राहुल्लाहले बारा खबरसँग भने, ‘हामी पुग्दा घका सबै सदस्य र छिमेकी समेत ढोका बन्द गरेर फरार थिए ।’
‘घटना घटेकै हो भन्ने प्रष्ट भएपछी खोजतलास गर्दे जानेक्रममा दशगजा छेउमा शव जल्दै गरेको भेटीयो ।’ उनले थपे ।
प्रहरी पुग्दा उक्त स्थानमा कोही नभेटीएको र शवको अधिकांस भाग जलिसकेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक शेष अदालतले बताए । जलिरहेको शवलाई पानी छम्केर निभाएपछी कम्मर र पुठ्ठाको मासु परिक्षणका लागि लिइएको उनले जानकारी दिए ।
प्रहरी चौकी पिपरपातीका प्रहरी सहायक निरिक्षक शेष राहुल्लाहका अनुसार मृतक मालतिका दुई छोरा छन् । सात बर्षिय एक छोरा फुपुको घरमा बस्दै आएका छन् भने अर्का छोरासहित उनकी सासु र श्रीमान फरार छन् । उनिहरुको खोजिकार्य भैरहेको प्रहरीले बताएको छ ।
जल्दै गरेको शव छोडेर परिवार फरार भएकाले मालतको हत्या नै भएको हुनसक्ने प्रहरीको दाबी छ । घटनाबारे थप अनुसन्धान भैरहेको बारा प्रहरीले जनाएको छ





Write your Comment