अमलेखगञ्जमा ‘भ्रमण वर्ष २०२०’ को यस्तो छ तयारी

पर्यटकीय नगरी अमलेखगञ्जमा ‘झोलुंगे पुल’ को शिलन्यास

रातोघर

 १२ पुष २०७६, शनिबार १८:११  मा प्रकाशित

सिमरा ।

नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ मनाउने तयारीमा जीतपुरसिमरा उपमहानगरपालका वडा नम्बर २१ को कार्यालय जुटेको छ । वडा अध्यक्ष कृष्ण ब. ठकुरीको संयोजकत्वमा गठित ५१ सदस्य मुल समारोह समिति स्वागत समारोहको तयारीमा जुटेको हो ।
भ्रमण वर्ष जनवरी १ (पुस १६) आउन ४ दिन मात्रै बाकी छ । वडा नम्बर २१ को कार्यालय परिषरमा पुस ४ गते बसेको बैठकले तयारीका लागि विभिन्न उपसमितिहरू गठन गर्दै स्वागतमा केन्द्रीत भएको हो ।

उपसमितीहरु गठन

अध्यक्ष ठकुरीको अध्यक्षतामा गठित मुल समारोह समितिको आर्थिक स्रोत व्यवस्थापन उपसमितिको संयोजकमा रोहित ब. घिसिङ्ग, तुल ब्यानर व्यवस्थापन उपसमितिको संयोजकमा सुर्य ब. खरेल, गेट निर्माण उपसमितको संयोजकमा सुबाष श्रेष्ठ, मञ्च व्यवस्थापन उपसमितिको संयोजक नगेन्द्र श्रेष्ठ, प्रचार प्रसार उपसमितिको संयोजकमा प्रदिप गौतम, सास्कृती उपसमितको संयोजकमा देवेन्द्र कार्की र सरसफाई व्यवस्थापन उपसमितिको संयोजक नारायण लामिछानेको नेतृत्व गठित बिभिन्न उपसमितिले धमाधम काम गरिरहेको छ ।

स्वागत समारोहको लागी विभिन्न कार्ययोजना बनाएको सो समितिले सांस्कृतिक झाँकी तथा र्याली गर्ने, मञ्च तथा गेट बनाउने, मञ्चमा भाषण तथा सांस्कृतिक प्रस्तुति गर्ने कार्ययोजना बनाएको भ्रमण वर्ष मुल समारोह समितिका संयोजक कृष्ण ठकुरीले जानकारी दिए । भ्रमण बर्ष २०२० को कार्यक्रम वडा नम्बर २१ स्थित हात्तिसार पिक्निक स्पोर्टमा गर्न लागिएको छ । वडा कार्यालयले कार्यक्रम सफल बनाउन अमलेखगञ्जभित्र रहेका सम्पुर्ण संघ संस्थालाई आह्वान गरेको छ ।

यस्तो छ तयारी

स्वागत समारोहको आकषर्ण बढाउन अमलेखगञ्जको बिभिन्न ५ स्थानमा स्वागतद्वार निर्माण गर्न लागिएको छ । स्वागत समरोह स्थल आसपासका ठाउमा अमलेखगञ्जको पर्यटकीय गन्तव्यहरू झल्कने गरी तस्वीरहरू प्रयोग गर्दै आवश्यकता अनुसार होर्डिङ बोर्ड निर्माण गर्ने, पर्यटकीय गन्तव्यहरूको फोटो, कला संस्कृति झल्काउने तस्वीर, पुरातात्विक सम्पदाहरू झल्कने तस्वीरहरू समावेश हुने गरी प्रचारप्रसार उपसमितिले तस्वीरहरू संकलन गरिरहेको संयोजक प्रदिप गौतमले जानकारी दिए । समितिले पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नका लागि प्रोमोसनल भिडियो र गीत बनाईरहेको छ । यसैबिच, स्वागत समारोह हुने स्थल हात्तिसार पिक्निक स्पोर्टमा आज बिहान सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा जनप्रतिनिधि, मुल समारोह समितका पदाधिकारी, संघ संस्थाका व्यक्ति, शिक्षक, बुद्धिजिवि, नेपाली सेना लगायतको उपस्थिति रहेको थियो । स्वागत समारोहको पुर्व संध्यामा हात्तिसार क्षेत्रलाई स्वच्छ र सफा बनाउन सरसफाई गरिएको वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले जानकारी दिनुभयो ।

पर्यटकीय नगरी अमलेखगञ्जमा ‘झोलुंगे पुल’ को शिलन्यास

बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा आज झोलुंगे पुलको शिलन्यास गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ र २२ लाई जोडने झोलुंगे पुलको आज शिलन्यास गरिएको हो । आज बिहान आयोजित एक कार्यक्रमकाबिच वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी र २२ का अध्यक्ष मणिकलाल थिङ्गले संयुक्त रुपमा झोलुंगे पुलको शिलन्यास गर्नुभयो ।

संघिय सरकारको २ करोड ७३ लाख रुपैयाको बजेटमा निर्माण हुन लागेको झोलुंगे पुल १४२ मि. लम्बाई र २३.२९ मि. उचाईको हुने बुझिएको छ । गत आर्थिक बर्ष २०७४÷०७५ को संघिय सरकारको बजेट बिनियोजनका क्रममा झोलुंगे पुलपनि पारित गरिएको थियो ।

वडा नम्बर २१ र २२ लाई जोड्ने गरी झोलुंगे पुलको निर्माण गर्न २०७२ सालमा श्री प्रसाद जगेबु स्थानीय विकास मन्त्रालयका राज्यमन्त्री हुदा अमलेखगञ्जबाट प्रस्ताव पेश गरिएको थियो । नेपाल फुलबारी स्वर्णिम अन्सुमन जे.बि काठमाण्डौले निर्माण गरिरहेको झोलुंगे पुल ६ महिनाभित्र तयार भई सञ्चालनमा आउने वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले जानकारी दिनुभयो । हेल्भिटासको सहकार्यमा निर्माण भईरहेको पुलले वडा नम्बर २१ र २२ लाई मात्र नभई निजगढ, मकवानपुर लगायतका बिभिन्न क्ष्ँेत्रलाई बिशेष टेवा पुग्ने अध्यक्ष ठकुरीले बताए ।

शिलन्यास कार्यक्रममा वडा नम्बर २१ का वडा सदस्यहरु प्रेमा बल, गंगा बिक, गंभिर नेपाली, राजेन्द्र बस्नेत, वडा नम्बर २२ का वडा सदस्यहरु सुर्य ब. थिङ्ग, ठुलिमाया थिङ्ग, भेषनाथ लम्साल, वडा सचिव बालाराम खड्का, ललिता जंर्गा, फुलमाया रुम्बा लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

Write your Comment