बाराका निजी विद्यालय विद्यार्थीको स्वास्थ्यमाथी खेलवाड गर्दै , सरकारलाई किन टेर्दैनन् ?

रातोघर

 २०७६ पौष १३, आईतबार  मा प्रकाशित
६७५ पाठक संख्या


सिमरा ।

दुइ सातादेखि बढेको चिसो र शितलहरका कारण तराइको जनजीवन प्रभावित बनेपनि नीजि विद्यालयहरुको प्रतिष्पर्धाका कारण विद्यार्थीको स्वास्थ्यमाथी खेलवाड भइरहेको गुनासो बढेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ बारा र विभिन्न स्थानीय तहले चिसोका कारण केहि दिन विद्यालय बन्द गर्न सूचना जारी गरेपनि निजी विद्यालयहरुले त्यसको वे–वास्ता गर्दा अभिभावकहरुले निजि विद्यालयले आफ्ना वालवालिकाको स्वास्थ्यमा खेलवाड गरेको गुनासो गर्न थालेका छन् ।

सिमराको एक विद्यालयका अभिभावकले विद्यालयलाई विदाका लागि आग्रह गरेपनि परिक्षाको कारण देखाउँदै विदा नदिने बताएको जानकारी दिए । बाराका अधिकाँश नीजि विद्यालयको वार्षिक शैक्षिक कार्यक्रममा पौष दोश्रो र तेश्रो साता त्रैमासिक परिक्षाको समय रहेको छ । जाडोमा विदा दिएर परिक्षा पछि सार्न सकिने भएपनि त्यस प्रति निजी विद्यालयले ध्यान नदिएको कतिपय अभिभावकहरुको गुनासो रहेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ मा रहेको सिमरा पव्लिक इंगलिस स्कुलका शालिकराम अधिकारीले शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहले समेत आँफूहरुसंग समन्वय नगरेकाले विद्यालय बन्द नगरिने बताए । आँफूखुशी गरेको निर्णय संस्थागत विद्यालयमा लाद्न खोजिएको अधिकारीको भनाई छ । ‘मौसमको कुनै ठेगान छैन, भोलिदेखीनै घाम लाग्न सक्छ’ उनले भने ।

अधिकारीको जस्तै अधिकाँश नीजि विद्यालयका सञ्चालकहरुको उस्तै धारणा रहेको छ । तर अत्याधिक चिसोका कारण विद्यार्थी भने प्रताडित छन् ।
यता बाराको जीतपुरसिमरा उपमहानगरपालिका सहित धेरै स्थानीय तहले आइतबार सूचना निकालेर चार दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्न आह्वान गरेपछि सामुदायिक विद्यालयहरुले शुक्रबार सम्म विद्यालय बन्द गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban