जितपुर सिमरा उपमहानगरपालिकामा एनसेल टावरमा आगजनी

रातोघर

 २०७६ पौष १६, बुधबार  मा प्रकाशित
३९१ पाठक संख्या


बारा

जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको एनसेल टावरमा आगजनी भएको छ ।

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको एनसेल टावरमा मंगलबार राति भएको आगजनी गरिएको हो। आगजनी कसले गर्‍यो भन्ने खुलेको छैन। स्थानीय जसबहादुर वाइबाको जग्गामा एनसेल टावर छ।

स्थानीय हरिदेव खरेलका अनुसार मंगलबार राति १० बजेर १५ मिनेटमा टावरमा आगजनी भएको हो।बाराका डीएसपी गोविन्द पुरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको डीएसपी पुरीले बताए । उनका अनुसार टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको छ भने बीटीएस भने सुरक्षित छ ।

कलैया र जितपुर सिमरा उपहानगरपालिकाको दमकलले आगो निभाएको थियो ।

 

ekantipur.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban