‘बारा आउने पर्यटकलाई सेवा र सुरक्षा’

रातोघर

 २०७६ पौष २८, सोमबार  मा प्रकाशित
३९२ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरामा आयोजित पर्यटन व्यवसायी तथा पर्यटकको सुरक्षा चुनौति बिषयक अन्र्तक्रिया कार्यक्रम बोल्दै सरोकारवालाहरुले पर्यटकको सुरक्षाको सम्बन्धमा आफुहरु गंभिर रहेको बताएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ बाराको आयोजना तथा ईलाका प्रहरी कार्यालय सिमरासंगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम सिमरास्थित सिमरा ईन होटलमा एक कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाकासंगको सहकार्यमा भएको कार्यक्रमको बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिश्वकर्माले बारालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै क्षेत्र र निकाय एक हुनुपर्नेमा जोड दिए ।  कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सिता गुरुङ्गले पर्यटकलाई सुरक्षाको प्रत्याभुति दिलाउने काम सबैको भएको बताइन् । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले पर्यटन प्रवद्र्धनको निम्ति सदैव हातेमालो गर्न तत्पर रहेको बताए ।

यता निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खनालले पर्यटकको सुरक्षा सम्बन्धमा आफुहरु सधै गंभिर रहेको बताए । यसैगरी बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले पर्यटकको सुरक्षाका लागी आफु प्रतिबद्ध रहेको बताए । बरिष्ठ पर्यटन व्यवसायी एवं चलचित्रकर्मी युवराज लामाले पर्यटकलाई सुरक्षित वातावरणको आभाष दिलाउने कार्यमा सबै अग्रसर हुनुपर्ने बताए ।

ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर आलम, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रमुख श्याम महत्तो, बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्र, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरी, औद्योगिक सुरक्षा सुरक्षा गुल्म औराहका प्रहरी राज कु. श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका निमित्त प्रमुख दिपक चौधरी लगायतको उपस्थिति रहेको थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघ बाराका सञ्चार संयोजक प्रदिप गौतमले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban