ऐतिहासिक सिम्रौनगढको गुरुयोजनाले ३ लाख पर्यटक भित्र्याउने

रातोघर

 ३ माघ २०७६, शुक्रबार १७:०८  मा प्रकाशित

बारा । ऐतिहासिक सिम्रौनगढमा पर्यटक भित्रियाउने गुरु योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बाराको सिम्रौनगढ नगरपालिकाको सभाहलमा भएको दुई दिने कार्यशाला गोष्ठि मंगलबार सम्पन्न भएको हो । सिर्मेानगढ नगरपालिकाको आयोजना, नेमडेक ललितपुरको सहकार्यमा कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो ।
मधेशमा रहेका पर्यटकिय स्थलहरुको पहिचान र पुर्वाधारको बिकास कसरी गर्ने भन्ने बिषयमा सरोकारवालाहरुसँग ब्यापक छलफल गरिएको थियो । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख विजय यादवले केन्द्र र प्रदेश सराकारले ऐतिहासिक स्थललाई समयमै विकास गर्न ध्यान नदिए इतिहासमै सिमित रहने बताएका छन् ।
पर्यटकीयस्थलको रुपमा बिकास गर्नका लागि नगरपालिकाको गुरुयोजना बनाउन शुरु गरेको हुँदा सहयोग गर्न नगरवासीहरुलाई आग्रह गरे । एक फरक प्रसंगमा मेयर यादवले सिम्रौनगढ तरकारी र माछाका लागि उत्तिकै उर्वर भुमि रहेको हुदा पर्यटन संगै अर्थतन्त्र वृद्धिका लागि तरकारी र माछाको बिकास गर्नुपर्ने सोच रहेको बताए ।
रानीवास मन्दिर अगाडीको खाली ठाँउमा सुबिधा सम्पन्न बजार बनाउनका लागि प्रदेश सरकारले बचन दिइसकेको हुँदा त्यसको डिपीआर चाडै शुरु गर्ने उनले भने । उपप्रमुख रिमा कुसवाहा, कार्यपालिका सदस्य ओमप्रकाश ठाकुर, परमानन्द मुखिया, नेकडेकका कुलप्रसाद निरौला, दिपेन्द्र श्याम घिमिरेलगायतकाले आफनो बिचार व्यक्त गरेका थिए ।
यस क्षेत्रका लागि सुलभ शौचालय, होमस्टेक, धर्मशाला, निर्माण स्थानिय कला सास्कृतिको जगेर्ना गर्दै धार्मिक एवम पुरातात्विक महत्वका मठ मन्दिरहरुलाई संरक्षण, सम्वद्र्धनका लागि अग्रसर हुनुपर्ने सुझाव आएको थियो । करिब ३ लाख पर्यटनलाई भित्र्याउने हिसाबले यहाँको पर्यटकीय स्थलहरुको बिकास गर्न सुझाव आएको थियो ।
सिम्रौनगढलाई पर्यटकीयस्थलको रुपमा चिनाउनका लागि प्रचारप्रसार गर्दै जनकपुर र सौरहासंग सर्किटको रुपमा बिकास गर्दै ती ठाँउहरुमो होडिङ वोर्डहरु राख्नुपर्ने सुझाव समेत आएको थियो । ईसरा पोखरी, झरौखर पोखरी लगायतका ठाँउको सौन्दर्यकरण गर्दै ती ठाँउहरुमा पिकनिक स्पोर्टको रुपमा बिकास गर्दै सिम्रौनगढका रहेको करिब २४ किलोमिटर दुरीमा रहेको वाहीलाई रिगरोड बनाई भौतिक संरचनाहरुको निर्माण गर्दै पर्यटकहरुलाई बस्नका लागि नगरपालिकाले उचित ठाँउमा धर्मशाला निर्माण गर्नुपर्ने जरुरी रहेको भन्दै त्यस संगसंगै निजी होटलहरुको निर्माण पनि गर्न उत्तिकै जररी रहेकोमा सहभागीहरुले सुझाव दिएको थियो ।
यस क्षेत्रमा रहेको सबै ठाँउहरु जो महत्वपुर्ण रहेको छ त्यसलाई व्रोसियर मार्फत ठाँउ ठाँउमा पचारप्रसार गर्दै वेभसाइडको निर्माण गरी यस क्षेत्रका सबै पर्यटकीयस्थलहरुको जानकारी राख्दा पनि अझै प्रभावकारी हुनेमा सबैले विश्वास व्यक्त गरेका थिए । गुरुयोजना निर्माण गरेमात्र नहुने बरु त्यसका लागि सबै नगरवासीहरुको साथ समर्थन र सहयोगको उत्तिकै खाचो रहेको नेमडेकका पदाधिकारीहरुले सुझाव दिएका थिए ।

 

Rajdhanidaily

Write your Comment