

बारा : जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जबाट नेपाल आयल निगमको डिपाे अगाडीबाट तेल ट्याङ्कीमा लुकाएको अवस्थामा अवैध लागू औषध बरामद गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टाेलीले चेकजाँच गर्ने क्रममा ना ४ ख ५५९० नम्बरको ट्याङ्कीकाे तेल निकाल्ने दाहिनेपट्टि गेटभलभित्र प्लास्टिकका प्याक गरेर राखेकाे अवस्थामा गाेप्य सुचनाका आधारमा बरामद गरेकाे हाे ।
प्रहरीले १०० एमएलकाे १० थान बाेत्तल वनरेक्स बरामद गरेकाे जनाएको छ । प्रहरीले ट्याङ्की चालकलाई नियन्त्रणमा लिएको छ । उनलाई लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेकाे छ । ट्याङ्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





Write your Comment