भारतीय आपराधिक समूह र प्रहरीबीच रौतहटमा भिडन्त, १ जना घाइते

रातोघर

 २०७६ माघ १५, बुधबार  मा प्रकाशित
३६९ पाठक संख्या


रौतहट । भारतीय अपराधिक समुह र नेपाल प्रहरी बिच मंगलबार राति रौतहटको सिमा क्षेत्र गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

राति करिब साडे १२ बजे रौतहटको इशनाथ नगरपालिका वाड नं. १ बन्जरास्थित बकैया नदीको बाधमा भारतीय अपराधी र प्रहरीबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रबिराज खडकाले जानकारी दिएका छन् । प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं ४ का शेख चाँद अली घाइते भएको प्रहरी उपरिक्षक खडकाले बताए ।

बन्जहरा गाउको सिमा क्षेत्रमा ३ जना समुहमा रहेका उनीहरुले एम्बुस राख्न लागेको सुचना पाएपछि सो क्षेत्रमा प्रहरी पुग्ने बितिकै दोहोरो भिडन्त भएको खडका ले बताए । दोहोरो भिडन्तको क्रममा २ जना भारततर्फ भागेका थिए । घाइते भएका चादलाई भने उपचारको लागि गौर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।उनलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ ।

अभियुक्त चाद भारतमा जेल सजाय काटेको र प्रहरी हिरासतबाट भागेर पनि नेपाल तथा भारतमा चन्दा आंतक मच्चाइ रहेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । उनले कथित मधेशी नेशनल पार्टीको नाममा नेपालका बिभिन्न इट्टा भट्टा संचालकहरु संग चन्दा माग्दै आंतक मच्चाएको प्रहरी उपरिक्षक खडकाले जानकारी दिए ।

निज अभियुक्त चाद बिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा संगठित अपराध र अपराधिक लाभ लिन बिष्पोटक पदार्थको प्रयोग सम्बन्धी ३ वटा र संगठित अपराध र अपराधिक लाभ फिरौती असुली मुद्दा गरी ४ वटा मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ । चादलाइ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको भएता पनि अझै फरार रहेका थिए ।

अभियुक्त चादले गत मंसिर २१ गते राजपुर नगरपालिका वाड नं. ७ स्थीत चौधरी इट्टा उधोगमा प्रेसर कुकर बम राखेको, गत पुस ६ गते इशनाथ नगरपालिका वाड नंं ४ स्थित अबध सिहको मदिरा पसलमा बम राखेको र गत पुस ९ गते नै इशनाथ नगरपालिकाको कार्यालयमा बम राखेको अभियोग लागेको प्रहरीले जनाएको छ । उनीमाथि स्थानिय जनप्रतिनिधि,ब्यपारी तथा कर्मचारीहरुलाई बिभिन्न फोन मार्फत धम्काउँदै चन्दा आंतक गरेको अभियोग छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban