बाराको भोडाहामा सामुदायिक भवनको शिलन्यास

रातोघर

 २०७६ माघ १५, बुधबार  मा प्रकाशित
३६५ पाठक संख्या


बारा १५ माघ

कलैया उपमहानगरपालिका वडा नम्बर २१भोडाहामा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत रु ५० लाख को लागतमा सामुदायिक भवन तथा विवाह मण्डपको आज एक समारोहका बीच शिलान्यास गरिएको छ ।सो भवनको शिलान्यास पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गर्नुभएको हो भवनको शिलन्यास गर्दै पूर्व मन्त्री पौडेलले वर्तमान सरकार जनताका सबै समस्या पूरा गरेर अगाडि बढ्न लागिपरेको कुरामा जोड दिनुभयो । नेकपाको सरकारले देशव्यापीरुपमा विकासको लहर सिर्जना गरेको समेत दाबी गर्नुभयो । वडा नं २१ का अध्यक्ष पुर्ण देवप्रसाद रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका नेता ढुण्डीराज उप्रेती विक्रम ठाकुर लगायतको उपस्थिति रहेको थियो । संघीय मामिला मन्त्रालय अन्तर्गत प्राप्त रू ५० लाखमा सो भवनको निर्माण हुने भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban