अकोराब जिल्ला समन्वय समितीको संयोजकमा पौडेल

रातोघर

 २०७६ माघ २०, सोमबार  मा प्रकाशित
४७० पाठक संख्या


सिमरा ।

सामुदायिक रेडियो प्रशारण संघ (अकोराब) बारा जिल्ला समन्वय तदर्थ समिति गठन गरिएको छ ।  जिल्लाका सामुदायिक रेडियो संचालकहरुको सोमबार निजगढमा भएको भेलाले रेडियो सिमराका प्रवन्ध निर्देशक अच्युत पौडेलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा नागरिक एफएम सिमराका बसन्त शर्मा, रेडियो निजगढका गोकुल घोरसाइने र रेडियो मध्य तराईबाट उमेश सुनार सदस्यमा चुनिएका छन् ।

जिल्लामा रहेका सामुदायिक रेडियोहरुको हकहित संरक्षण र रेडियो पत्रकारितालाई अझ सशक्त माध्यमका रुपमा बिकास गर्न जिल्ला समन्वय समिति गठन गरिएको संयोजक पौडेलले बताए ।

पौडेल लामो समयदेखी रेडियो पत्रकारितामा आबद्ध छन् । उनी रेडियो बिरगञ्जको स्थापना कालदेखी नै सकृया पत्रकारितामा आबद्ध भई १८ बर्षे लामो पत्रकारिता यात्रा समेत पुरा गरेका छन् ।

बिरगञ्कै गढिमाई एफएम, रौतहटको रौटहट एफएम लगाएत बिभिन्न संचार क्षेत्रमा आबद्ध भइसकेका पौडेल संचार उद्यमी समेत भई हाल सिमरामा यस भेगकै उत्कृट पहिचार बनाउन सफल रेडियो सिमराका प्रवन्ध निर्देशक समेत हुन् ।

सोमबार सम्पन्न भेलामा सामुदायिक रेडियो प्रशारण संघ, नेपालका महासचिव गोबिन्द देवकोटा, केन्द्रीय सदस्य उमेश सुनारलगायतको उपस्थिती रहेको थियो ।
जिल्ला समन्वय समितिले आगामि माघ २६ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा विश्व रेडियो दिवसको अवसरमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban