कालोसूचीको डरले निर्माण गति तीव्र

रातोघर

 २०७६ माघ २१, मंगलबार  मा प्रकाशित
२५० पाठक संख्या


बारा|| तेस्रोपटक थपिएको समयसीमा सकिन लागेपछि वीरगन्ज—पथलैया व्यापारिक मार्गका निर्माण कम्पनीहरूले कामको गति बढाएका छन् । आयोजनाबाट असार मसान्तभित्र काम सम्पन्न नगरे कालोसूचीमा पर्ने पत्र बुझेका निर्माण कम्पनीहरुले कामको गति बढाएका हुन् । व्यापारिक मार्ग आयोजनाका इन्जिनियर अशोक यादवले असार मसान्तभित्र निर्माण कम्पनीहरूले काम सम्पन्न नगरे कालोसूचीमा राखिने बताए ।

बाराको पथलैयादेखि पर्साको गण्डक चोकसम्मको झण्डै ३१ किलोमिटर क्षेत्रमा ६ लेनको बाटो विस्तारको जिम्मेवारी पाएका निर्माण पाएका कम्पनीहरूको ठेक्का अवधि सकिन ६ महिना मात्रै बाँकी छ । दुई वर्षभित्र बाटो विस्तारको सम्पूर्ण काम सम्पन्न गर्नेगरी आयोजना र निर्माण कम्पनीबीच २०७३ असार मसान्तमा सम्झौता भएको हो । तोकिएको समयसीमाभित्र काम सम्पन्न नभएपछि तस्रो पटक थपिएको समय पनि असार मसान्तमा सकिने आयोजनाले जनाएको छ ।

एमआरर पप्पु र कन्टन जेभीको वित्तीय र भौतिक प्रगति ३५ र ४० प्रतिशत छ भने पप्पु र लुम्बिनी जेभीको वित्तीय र भौतिक प्रगति ३२ र ३८ प्रतिशतमात्रै छ । यता, शर्मा र युनाइटेड बिल्डर्स र दिवा निर्माण सेवाको ३१ र ३८ प्रतिशत वित्तीय र भौतिक प्रगति रहेको ईन्जिनियर अशोक यादवले बताए ।

श्रेष्ठ र बिरुवा र एपेक्सले ८२ प्रतिशत, एमआर कन्ट््याचले ७६ प्रतिशत र एमआर कन्ट्याचले अर्को क्षेत्रमा ७६ प्रतशित काम सम्पन्न गरेको छ । “उहाँहरूले अहिले कामको गति बढाउनु भएको छ तर यही गतिमा काम गर्दा पनि समयभित्र शतप्रतिशत काम सम्पन्न हुन मुस्किल छ,” इन्जिनियर यादवले भने । आयोजनाले पथलैयादेखि गण्डक चोकसम्म दुई लेनको बाटोलाई विस्तार गरेर ६ लेनको बनाउँदै छ । बाटो विस्तारको लागि साढे ४ देखि पौने ६ किलोमिटरका दरले ७ ओटा कम्पनीलाई जिम्मा दिइएको छ । जसमा तीन निर्माण कम्पनीले मंसिर मसान्तसम्म ४० प्रतिशतमात्रै काम सम्पन्न गरेका छन् ।

प्रकाश लम्साल

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban