

सिमरा ।
बाराको जीतपुरसिमरामा किर्ते कागज तयार गरी जग्गाको कारोबार गर्ने चार जना पक्राउ परेका छन् । सर्वोच्च अदालतको अभिलेख शाखाको नामबाट सिमरा मालपोत कार्यालयमा किर्ते कागज तयार गरी बाराको जितपुरसिमरा स्थित एक बिवादित जग्गालाई ब्यक्तिका नाममा ल्याउन मालपोत कार्यालय सिमरामा सिफरिस पत्र बनाएका थिए ।
बाराको रामपुरटोकनी स्थित हु.प्र. भनिएका बिवादित जग्गाहरु मध्ये कुनै एक कित्तालाई मात्र किटान गरेर सर्वोच्चको नाम र छाप प्रयोग गरी किर्ते कागज बनाई पेस गरेको अरोपमा संलग्न ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । यधपी एक स्रोत अनुसार पक्राउ पर्नेमा बाहिब अंसारी, सुवास यादव, प्रल्लाद रेग्मी र एकजना हेटौँडाका कानुन ब्यवसायी रहेको बुझिएको छ । थप बिवरण आउन बाँकी छ ।
चार जनासंगै अन्य ३ जनापनी जग्गा सम्बन्धी कामको किर्ते आरोपमा पक्राउ परेको समेत बुझिएको छ ।





Write your Comment