

सिमरा ।
मध्यवर्ती सामुदायिक बन क्षेत्र अन्तर्गत रहेको राधाकृष्ण सामुदायिक बन उपभोक्ता समुहको १२ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्वका लागी सत्य श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
शनिबार राधाकृष्णको कार्यालय परिसरमा भएको १२ साधारण सभा सहितको अधिवेशनमा श्रेष्ठ सर्वसम्मतमा अध्यक्ष बनेका हुन् । अध्यक्षका तिन दाबेदार बिचबाट उनी सहमतीपछी अध्यक्ष बनेका हुन् ।
नेतृत्वमा श्रेष्ठ सहित १३ जनाको कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा बिमला सुवेदी, सचिवमा लेखनाथ खतिवडा, कोषाध्यक्षमा उदय श्रेष्ठ, सह सचिवमा होम बहादुर रकाल, सदस्यहरुमा पदम स्याङतान, अनिरुद्ध शाह, मिठु थिङ, तारा बि.क. , रेशम न्यौपाने, राम कुमार अर्याल, कर्ण बहादुर बोगटी र सोम बोम्जन चयन भएका छन् ।
आजै नयाँ कार्यसमितीको सपथ कार्यक्रम समेत सम्पन्न भएको छ । जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले नयाँ कार्यसमितीलाई सपथ खुवाएका हुन् ।
अध्यक्षमा निर्वाचित भएपनी कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले मध्यवर्ती सामुदायिक बन अन्तर्गतको यस उपभोक्ता समुहमा आफ्नो नेतृत्वले थप शसक्त ढँगबाट काम गर्ने र बनको संरक्षणमा जिम्मेवार ढंगले लागी परी पर्यटन बिकासमा सबैको साथ र हातेमालो गरी अघि बढने प्रतिबद्धता जनाएका छन् ।
यसअघि साधारण सभाको एक भब्य कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । साधारण सभाको औपचारिक उद्घाटन सत्रको सम्बोधन गर्दै प्रदेश सांसद सुन्दर बि.क.ले बन र बन्यजन्तुको क्षेत्रमा यस सामुदायिक बन समुहले प्रभावकारी ढँगबाट काम गर्न आवस्यक रहेको बताए ।
कार्यक्रममा प्रदेश सांसद सिता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालीकाका मेयर डा. कृष्ण पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठ, जीतपुरसिमरा नगर कार्यपालीका सदस्य शोभा कार्की लगाएत बिभिन्न बन संरक्षणको अभियानमा लाग्ने अभियान्ताहरुको उपस्थिती रहेको थियो ।





Write your Comment