डाबर नेपालले बिद्यालयमा बाड्यो डेस्क बेन्च

रातोघर

 २०७६ माघ २७, सोमबार  मा प्रकाशित
३०५ पाठक संख्या


बारा।।।बहुराष्ट्रिय कम्पनी डाबर नेपालले आज जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको आर्दश आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री प्रदान गरेको छ । वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवानको बिशेष पहलमा डाबर नेपालले बिद्यालयमा आज शैक्षिक सामाग्री प्रदान गरेको हो ।

बिद्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबिच डाबर नेपालले बुक कर्नर, एक थान कम्प्युटर र प्रिन्टर, १ देखि ८ सम्मका पाठ्यपुस्तक र १५ थान डेस्क बेन्च प्रदान गरेको थियो । सो अवसरमा बिद्यालयका प्रधानाध्यापकलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवान, डाबर नेपालका जि.एम. कैलाशराम चौरसिया, एच.आर हेड मनोज भगत, दिनेश शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban