प्रेस युनियन बाराको नयाँ कार्यसमिति चयन

रातोघर

 २०७६ फागुन १, बिहिबार  मा प्रकाशित
३३२ पाठक संख्या


कलैया : नेपाल प्रेस युनियन बारा शाखाको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

बुधवार कलैयामा सम्पन्न छैठौँ अधिवेसनले श्याम बाबु यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा वसन्त खतिवडा, समावेसी उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा साजिर मन्सुर, सह–सचिवमा कुमारी घिसिङ र कोषाध्यक्षमा वसन्त शर्मा निर्विरोध चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अबिनाश आचार्य, नवल साह, चन्दन कुमार, रविन्द्र प्रसाद साह, विनय राज शर्मा, मिरा राई, धिरेन्द्र पनुहर र रविता पासवान चयन भएका निर्वाचन कमिटी सदस्य देव प्रसाद घिमिरेले जानकारी दिए ।

छैठौँ अधिवेसनले केन्द्रिय पार्सदमा उमेशलाल दास, अजय राज गौतम, गणेशराज रिजाल, शरदचन्द्र भट्टराई (सुनिल गाउँले), सिकेन्द्र पाश्वान, निवेश कुमार तिमल्सिना, रेशम तिवारी, गुरु प्रसाद गौतम, सत्यप्रकास श्रेष्ठ, रविन्द्र सिंह र अप्सरा पुडाशैनि चयन गरेको छ ।

त्यसैगरी राकेश पाण्डे, पिंकी पासवान, मुकेश यादव, भोजराज भट्टराई, नवराज चौलागाईँ, भाईकाजि श्रेष्ठ, जयनारायण यादव, विरेन्द्र विश्वकर्मा, सन्तोष पाण्डे, रामेश्वर प्रसाद मेहता, अनिल गुप्ता, प्रियंका दास, सञ्जिव कुमार मिश्रा र श्रृजा थापा प्रादेशिक सदस्यमा निर्विरोध चयन भएको निर्वाचन कमिटी सदस्य घिमिरेले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban