बाराको सिमरामा साहित्यकार अमर न्यौपाने आउँदै

रातोघर

 २०७६ फागुन १, बिहिबार  मा प्रकाशित
८५३ पाठक संख्या


सिमरा : मदन पुरस्कार विजेता पुस्तक सेतो धरती उपन्यासका लेखक, साहित्यकार अमर न्यौपाने सिमरा आउँदै छन् ।

सिमरास्थित सिमरा पब्लिक ईङ्लिस स्कुलले यही फागुन तीन गते शनिबार आफ्नो १२औँ वार्षिकोत्सव समारोहमा न्यौपानेलाई प्रमुख अतिथिका रुपमा निम्त्याउन लागेको हो ।

सबैभन्दा बढि बिक्रि भएको पुस्तक गुलाबी उमेर लगायत पानिको घाम र करोडोँ कस्तुरी जस्ता अत्याधिक रुचाईएका कृति, न्यौपानेले लेखेका छन् ।

सिमरा पब्लिक ईङ्लिस स्कुलले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा साहित्यीक ब्यक्तित्वहरुलाई प्रमुख अतिथिका रुपमा निम्त्याउँदै आएको छ । यसबाट बिद्यार्थीहरुमा अध्ययनप्रति सकारात्मक प्रभाव पर्ने बिद्यालयका प्रिन्सिपल शालिकराम अधिकारीले बताए ।

शनिवार आयोजना गर्न लागिएको वार्षिकोत्सव कार्यक्रममा बिद्यार्थीहरुबाट समसामयिक विषयमा नाटक, हाँस्य प्रस्तुती, नृत्य, singing idol, dancind idol सँगै शिक्षकहरुले समेत विभिन्न प्रस्तुतीहरु दिने अधिकारीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban