

सिमरा : बाराको सिमरास्थित सिमरा पब्लिक इङ्गलिस स्कुलको १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।
शिक्षक बिद्यार्थीहरुको विविध सांकृतिक प्रस्तुतीसहितको कार्यक्रमलाई साहित्यकार अमर न्यौपानेले उद्घाटन गरेका थिए ।
जिल्लामा अलग पहिचानका साथ अघि बढिरहेको बिद्यालयले हरेक बर्ष आफ्नो बार्षिकोत्सवमा नेपाली साहित्य क्षेत्रका अग्रणी ब्यक्तित्वहरुलाई प्रमुख अतिथिको रुपमा निम्त्याउँदै आएको छ । सोहि परम्परालाई निरन्तरता दिँदै बिद्यालयले यसवर्ष मदन पुरस्कार विजेता ‘सेतो धरती’ नामक उपन्यासका लेखक न्यौपानेलाई निम्त्याएको हो ।
कार्यक्रम उद्घाटन गर्दै साहित्यकार न्यौपानेले प्रविधिको बिकाससँगै मानिसमा पढ्ने बानि हराउँदै गएकोप्रति चिन्ता ब्यक्त गरे । पछिल्ला पुस्ताहरुमा पढ्ने बानिको बिकास गराउन सार्वजनिक स्थानहरुमा पुस्तकलयको व्यवस्था गरीनुपर्ने उनले बताए ।
बिद्यालयस्तरमै मोबाईल ल्याप्टप लगायतका सामाग्रीको लत बस्दा युवा अवस्थामा आइपर्ने समस्याका विषयमा आफ्नो पुस्तक गुलाबी उमेरमा बृहद ब्याख्या गरिएको उनले बताए । गुलाबी उमेर नामक कृती हालसम्म सर्वाधिक बिक्रि भएको पुस्तक मानिन्छ ।
बिद्यालयका प्रधानाध्यापक बसन्त ढकालको अध्यक्षता एवं साहित्यकार नौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारी, प्याब्सन बाराका अध्यक्ष हरिदेव खरेल लगायत जीतपुरसिमरा भित्रका बिभिन्न निजि तथा सामुदायिक बिद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
बिद्यलायका सहप्राधानाध्यापक सञ्जिव कुमार झा ले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिद्यालयका अध्यक्ष शालिकराम अधिकारीले गरेका थिए ।





Write your Comment